बैशाख १३,
सरकार र आन्दोलनरत शिक्षकबीच आज वार्ता हुने भएको छ । अहिले बिहान सात तीस बजेका लागि वार्ताको समय तय गरिएको हो ।
यसअघि हिजो वार्ताका लागि शिक्षकहरूलाई बोलाएपनि शिक्षा मन्त्रालयले सवैलाई प्रवेश नदिएपछि शिक्षकहरू सिंहदरबारको गेटबाटै फर्किएका थिए ।
१२ बैशाख २०८२, शुक्रबार१२ बैशाख २०८२, शुक्रबार१२ बैशाख २०८२, शुक्रबार by Bihani PostNo Comments
बैशाख १२
शिक्षक-कर्मचारीहरुले काठमाडौं केन्द्रीत आन्दोलन जारी राखेका छन् । आज २४ औैं दिन पनि शिक्षकहरू सडकमा उत्रिएर प्रदर्शन गरेका हुन् । आन्दोलनरत शिक्षकहरूलाई अबको तीन दिनभित्र विद्यालय फर्किने वातावरण बनाउन सर्वोच्च अदालतले आदेश जारी गरेपनि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकको लडाइँ जारी रहने प्रतिक्रिया दिएका छन् ।
शुक्रबारको चर्को घाममा पनि शिक्षकहरुले सडकमै नाचगान गरेर सांकेतिक प्रदर्शन गरेका थिए । उनीहरुले दबाबमूलक गीतहरु बजाएर नाचगान गरेका हुन् ।
शिक्षकहरुले अघि सारेका माग एवं यसअघि सरकारसँग भएको सहमति अनुसार शिक्षकको ग्रेड मिलान, सञ्चिति बिदा, निवृत्तिभरण, मर्यादाक्रम, पद समायोजन जस्ता विषयहरूमा पनि सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।
...
१२ बैशाख २०८२, शुक्रबार१२ बैशाख २०८२, शुक्रबार१२ बैशाख २०८२, शुक्रबार by Bihani PostNo Comments
बैशाख १२,
आज वैशाख १२ गते । २०७२ वैशाख १२ गते विनासकारी भूकम्प गएको १० वर्ष पूरा भएको छ ।
गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.८ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए । भूकम्पमा परी २२ हजार तीन सय ९ घाइते भएका थिए ।
त्यही विनाशकारी भूकम्पको स्मृतिमा ‘सुरक्षित पूर्वाधार निर्माण गरौँ भूकम्पबाट जोगिऔ’ भन्ने सन्देशसहित आज भूकम्प स्मृति दिवस मनाइँदैछ ।
भूकम्पको दशक बित्दा पनि घाउ अझै निको भएको छैन । सङ्घीय राजधानी काठमाण्डौ उपत्यकासहित पहाडी गाउँका पाखापखेरामा भत्किएका कतिपय घरहरू अझै ठडिन सकेका छैनन् ।
भूकम्पका कारण भत्किएका कतिपय निजी आवास, विद्यालय, पुरातात्विक भवन तथा विभिन्न सरकारी भवनको पुनर्निर्माणकै क्रममा छन् ।
भूकम्पले झन्डै १० लाख निजी आवास, सात हजार पाँच सय ५३ विद्यालय, पाँच सय ४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति भएको थियो ।
यसैगर...
१२ बैशाख २०८२, शुक्रबार१२ बैशाख २०८२, शुक्रबार१२ बैशाख २०८२, शुक्रबार by Bihani PostNo Comments
बैशाख १२,
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ ।
एन्फाले ‘ए’ डिभिजनका क्लब सहभागी हुने गरी वैशाख २० गतेदेखि प्रतियोगिता आयोजना गर्न चैत २५ गते नै निर्णय गरेको थियो ।
एएफसी क्लब च्याम्पियनशिप प्रतियोगितामा टिम पठाउने लक्ष्यसहित प्रतियोगिता गर्ने निर्णय गरेको एन्फाले जनाएको थियो । तर १४ वटा ‘ए’ डिभिजन क्लबमध्ये चार टिमले मात्र नाम दर्ता गराएपछि प्रतियोगिता आयोजना गर्न नसकिएको एन्फाले जनाएको छ ।
लिगकम नकआउट प्रतियोगिता नहुने भएपछि अब एएफसी क्लब च्याम्पियनशिपमा नेपाली क्लबको सहभागिता पनि नहुने भएको छ ।...
१२ बैशाख २०८२, शुक्रबार१२ बैशाख २०८२, शुक्रबार१२ बैशाख २०८२, शुक्रबार by Bihani PostNo Comments
बैशाख १२,
प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई ढुक्क भएर मिसन २०८४ मा लाग्न आग्रह गरेका छन् । बिहीबार एमालेले आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रममा सरकारबारे धेरै चिन्ता नलिन र मिसन ०८४ मा लाग्न जोड दिएका हुन ।
उनले थपे ‘सरकार चलाउने, सरकारको नेतृत्व गर्ने जे गर्नुपर्छ यहाँ, सकेसम्म एमालेले गर्नेछ। यस कुरामा चिन्ता नगर्नुहोस्। मिसन २०८४ मा लाग्नुहोस्।’
युवालाई भड्काउने अनेक प्रयास भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले यसकुरामा समेत सचेत रहन सुझाएका थिए ।
...
१२ बैशाख २०८२, शुक्रबार१२ बैशाख २०८२, शुक्रबार१२ बैशाख २०८२, शुक्रबार by Bihani PostNo Comments
बैशाख १२,
हिजो (विहिबार) सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कन आदेश जारी गरेको छ ।
रिट निवेदक श्रवणकुमार चौधरीको रिटमा सर्वोच्चका न्यायाधीश डाक्टर नहकुल सुवेदीको एकल इजलासले यस्तो आदेश दिएको हो ।
आदेशमा ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू ।’ भनिएको छ ।...
११ बैशाख २०८२, बिहीबार११ बैशाख २०८२, बिहीबार११ बैशाख २०८२, बिहीबार by Bihani PostNo Comments
बैशाख ११,
राजावादीहरूको आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई सरकारले १०–१० लाख क्षतिपुर्ति दिने भएको छ ।
गत चैत १५ मा तीनकुनेमा भएको राजावादीको आन्दोलनमा ज्यान गुमाएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई १०–१० लाख राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने भएको हो ।
मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो जानकारी गराएका हुन् ।...
११ बैशाख २०८२, बिहीबार११ बैशाख २०८२, बिहीबार११ बैशाख २०८२, बिहीबार by Bihani PostNo Comments
बैशाख ११,
नेकपा (एमाले) ले आज १९औँ लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रम गर्दैछ । जनताले जितेको दिन युवालाई लोकतन्त्र ल्याउनका लागि भएको बलिदान र यसको महत्वबारे जानकारी दिन युथ सेलिब्रेशन विशेष कार्यक्रम गर्न लागिएको एमालेले जनाएको छ । कार्यक्रम काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।
कार्यक्रममा पार्टीका ४० वर्ष मुनिका देशभरका करिब १ लाख युवाहरूले सहभागिता जनाउने बताइएको छ । कार्यक्रमलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नेछन् ।
विसं २०६२/६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो ।...
१० बैशाख २०८२, बुधबार१० बैशाख २०८२, बुधबार१० बैशाख २०८२, बुधबार by Bihani PostNo Comments
बैशाख १०,
हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।...
१० बैशाख २०८२, बुधबार१० बैशाख २०८२, बुधबार१० बैशाख २०८२, बुधबार by Bihani PostNo Comments
बैशाख १०,
जम्मू–कश्मीरको पहलगाममा आतंककारीहरूले पर्यटकहरूमाथि आक्रमण गर्दा एक नेपालीसहित २७ जनाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो आतंककारीहरूले पर्यटकहरूमाथि गोली चलाउँदा २७ जनाको मृत्यु भएको भएको हो । मृत्यु हुनेमा नेपालका एक पर्यटक र युएईका एक पर्यटक र दुई जना स्थानीय नागरिक रहेका छन् । बाँकी पर्यटकहरू उत्तर प्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मिडिया रिपोर्टका अनुसार लश्कर समर्थित आतंकवादी संगठन टीआरएफले यस आक्रमणको जिम्मेवारी लिएको छ ।
एजेन्सी...