आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

चैत २५
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ ९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७६ रुपैयाँ २० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५८ रुपैयाँ १३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ २५ पैसा र बिक्रीदर ८२ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ १० पैसा र बिक्रीदर १०१ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८ रुपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५० पैसा कायम भएको छ ।

 

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज