फागुन २१
पर्वतको बिहादी गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अरू सात जना घाइते भएका छन् ।
गुल्मीको कालीगण्डकी गाउँपालिकामा रहेको पूर्तिघाटबाट स्याङ्जाको वालिङतर्फ जादै गरेको लु १ ज ४४६० नम्बरको जीप बिहादी–६ लिदीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका ६ जनालाई उपचारका लागि पाल्पा ल्याएको छ भने एक बालक सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।