देशका धेरै ठाउँको मौसम सफा : तापक्रम बढ्न थाल्यो

फागुन २१
आज कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी केही क्षेत्रबाहेक देशका धेरै ठाउँको मौसम सफा छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले कोशी र गण्डकी प्रदेशका पहाडी केही ठाउँमा मौसम आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्ण रुपमा खुलेसँगै काठमाण्डौ उपत्यकालगायत देशका धेरै ठाउँमा अधिकतम तापक्रम बढ्न थालेको छ ।

आज सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । यस्तै जनकपुर, धरान, धनगढी, नेपालगञ्ज लगायतका क्षेत्रमा तापक्रम ३२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज