मनोरञ्जन

तराईमा आज होली मनाइँदै

तराईमा आज होली मनाइँदै

Breaking News 1, ताजा अपडेट, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, समाचार
चैत्र १ तराई-मधेशमा आज होली पर्व मनाइँदै छ । हिजो बिहीबार पहाडी तथा हिमाली भेगमा फागुपूर्णिमा (होली पर्व) मनाइयो । फागुपूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लाहरुमा होली मनाउने परम्परा रहेको छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुशियालीमा यो पर्व मनाउने गरिन्छ । पहाडी जिल्लामा होली पर्वका लागि बिहीबार सार्वजनिक बिदा दिइएको थियो भने तराई का जिल्लाहरुमा आज सार्वजनिक बिदा दिइएको छ ।...
चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

मनोरञ्जन
फागुन २९ चलचित्र ‘कर्मा’का कलाकार मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । निर्माणपक्षले होलीको अवसर पारेर मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो । तिलचामले कपाल र दारीजुंगामा ठाँटिएका मुकुन डेन्डसम देखिएका छन् । कोट र टाइमा देखिएका उनी एंग्री लुक्समा छन् । उनको यो लुक्सले उनी खलपात्रको रुपमा चलचित्रमा रहेको प्रष्ट पार्छ । ग्रे जोनमा बस्ने खलपात्र रहेका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । होलीको अवसरमा क्यारेक्टर लुक्स आएकाले शुभकामना हो वा चलचित्रमा नै होलीको सिन छ, त्यो भने निर्माणपक्षले प्रष्ट पारेको छैन । तर, तराईमा सिनेमा खिचिएकाले होलीको दृश्य हुन पनि सक्ने सामान्य अनुमान गर्न भने सकिन्छ । चलचित्र ‘कर्मा’ चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ । एक्सन जनरामा निर्माण भएको ‘कर्मा’मा विपीनको पहिलो एक्सन सिनेमा हो । कर्मा’मा विपीनस...
हिमाली र पहाडी भेगमा आज होली पर्व मनाइँदै

हिमाली र पहाडी भेगमा आज होली पर्व मनाइँदै

Breaking News 1, ताजा अपडेट, मनोरञ्जन
फागुन २९ पहाडी र हिमाली भेगमा होली अर्थात् फागु पर्व मनाईँदै छ। फागुन शुक्ल पूर्णिमाको दिन मनाईने होली आज पहाडी र हिमाली जिल्ला तथा भोली (शुक्रबार) तराईका जिल्लामा मनाइने छ। होली पर्वका अवसरमा सरकारले आज देशका पहाडी र हिमाली ५६ जिल्लामा सार्वजनिक बिदा दिएको छ।वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने होली पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। गृहमन्त्रालयले होलीमा कसैको इच्छा विपरित जबर्जस्ती रंग नदल्न, लोला नहान्न आग्रह गरेको छ। होलीका नाममा उच्छृंखल गतिविधि गरे कारबाही गर्ने चेतावनी प्रहरीले दिएको छ। केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलोरूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ। सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम कम हुँदै गएको छ। त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्...
शाहरुख खानलाई आयकर विवादमा राहत

शाहरुख खानलाई आयकर विवादमा राहत

मनोरञ्जन, समाचार
फागुन २७ बलिवुड सुपरस्टार शाहरुख खानले आयकरसँग सम्बन्धित मुद्दामा ठूलो जित हासिल गरेका छन् । भारतको आयकर पुनरावेदन न्यायाधिकरणले आर्थिक वर्ष २०११-९१२ को लागि आयकर विभागद्वारा सुरु गरिएको पुनर्मूल्याङ्कन कार्यवाहीलाई रोक लगाएको छ । यो मुद्दा फिल्म ‘रावन’ को कमाईमा बेलायतमा तिरेको कर क्रेडिटसँग सम्बन्धित छ । शाहरुख र रेड चिलीज इन्टरटेनमेन्ट बीचको सम्झौता अनुसार, फिल्मको ७० प्रतिशत छायांकन बेलायतमा हुने भनिएको थियो । त्यसकारण ७० प्रतिशत आम्दानी विदेशमा भएको मानिन्थ्यो, जुन बेलायती करको अधीनमा थियो । यसमा होल्डिङ कर पनि समावेश थियो । खानले यस फिल्मबाट ८३.४२ करोड भारु आम्दानी घोषणा गरेका थिए । बेलायतमा तिरेको कर क्रेडिटको लागि उनको दाबी करदाताले अस्वीकार गरेका थिए । आम्दानीको पुनर्मूल्यांकन ८४.१७ करोड रुपैयाँ गरिएको थियो । यो पुनर्मूल्याङ्कन सम्बन्धित मूल्याङ्कन वर्ष (२०१२-९१३) को अन्त्यबाट...
नेपालमा चरा प्रजातिको सङ्ख्या ८ सय ९८ पुग्यो

नेपालमा चरा प्रजातिको सङ्ख्या ८ सय ९८ पुग्यो

Breaking News 2, मनोरञ्जन, समाचार
फागुन २० नेपालमा नयाँ चरा प्रजातिको खोज गरिएको छ, जसका कारण चरा प्रजातिको संख्या ८ सय ९८ पुगेको छ। पछिल्लो समय नेपालमा पर्पल–रुम्पेड सनवर्ड अर्थात् बैजनी–बुङ्गेचरा प्रजातिको चरा भेटिएको हो, जुन नेपालमा पहिलो पटक रेकर्ड गरिएको छ । झापाको मेचीनगर नगरपालिका ६ काँकरभिट्टामा समुद्र सतहदेखि १ सय ३३ मिटर उचाइमा यो चरा भेटिएको नेपाल बर्ड रेकर्ड कमिटीले जनाएको छ । चराविद् देवेन्द्रकुमार खरेलले फागुन ७ गते यो चरा देखेका थिए । खरेलको तस्बिर र अन्य चराविद्हरूसँगको अवलोकनपछि बर्ड रेकर्ड कमिटीले यसको पुष्टि गरेको छ । यसका अलावा, नेपालबाट लोप भएको ठानिएको चरा ब्राउन बुस वार्ब्लर ९खैरो झाडी फिस्टो ० पनि चितवनमा देखिएको छ । चराविद् प्रताप गुरुङले मङ्सिर २३ गते यो चरा चितवनको दिव्यनगर क्षेत्रको खेतमा देखेका थिए।अब नेपालमा यी दुई नयाँ चरा प्रजातिहरूको रेकर्ड समावेश गरिएपछि नेपालको चरा प्रजातिको सूचीमा ...
नेपालमा चरा प्रजातिको सङ्ख्या ८ सय ९८ पुग्यो

नेपालमा चरा प्रजातिको सङ्ख्या ८ सय ९८ पुग्यो

मनोरञ्जन, विचार, शिक्षा, समाचार
फागुन २० नेपालमा नयाँ चरा प्रजातिको खोज गरिएको छ, जसका कारण चरा प्रजातिको संख्या ८ सय ९८ पुगेको छ। पछिल्लो समय नेपालमा पर्पल–रुम्पेड सनवर्ड अर्थात् बैजनी–बुङ्गेचरा प्रजातिको चरा भेटिएको हो, जुन नेपालमा पहिलो पटक रेकर्ड गरिएको छ । झापाको मेचीनगर नगरपालिका ६ काँकरभिट्टामा समुद्र सतहदेखि १ सय ३३ मिटर उचाइमा यो चरा भेटिएको नेपाल बर्ड रेकर्ड कमिटीले जनाएको छ । चराविद् देवेन्द्रकुमार खरेलले फागुन ७ गते यो चरा देखेका थिए । खरेलको तस्बिर र अन्य चराविद्हरूसँगको अवलोकनपछि बर्ड रेकर्ड कमिटीले यसको पुष्टि गरेको छ । यसका अलावा, नेपालबाट लोप भएको ठानिएको चरा ब्राउन बुस वार्ब्लर (खैरो झाडी फिस्टो ) पनि चितवनमा देखिएको छ । चराविद् प्रताप गुरुङले मङ्सिर २३ गते यो चरा चितवनको दिव्यनगर क्षेत्रको खेतमा देखेका थिए।अब नेपालमा यी दुई नयाँ चरा प्रजातिहरूको रेकर्ड समावेश गरिएपछि नेपालको चरा प्रजातिको सूचीमा ...
दुर्गेशको आक्रोश : बधाई, मेरो कार्यक्रम रोक्न सफल हुनु भयो !

दुर्गेशको आक्रोश : बधाई, मेरो कार्यक्रम रोक्न सफल हुनु भयो !

मनोरञ्जन
फागुन २०, गायक दुर्गेश थापाले आफ्नो कार्यक्रम रोकिएको भन्दै आक्रोश पोखेका छन् । दाङमा आयोजना हुने भनिएको कार्यक्रम केही कलाकारहरूको स्वार्थी सोच, राजनीतिक चलखेल, र नियोजित रणनीतिले रोकिएको उनले आरोप लगाएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो घटनाले एकचोटि फेरि स्पष्ट गरिदियो— केही व्यक्तिहरू कलाकारिता भन्दा बढी राजनीतिक स्वार्थमा लिप्त छन्। कोही कलाकारले हेलिकप्टर उड्यो कि उडेन भनेर लेख्न भ्याउनु भएछ। उहाँलाई मेरो बधाई मेरो कार्यक्रम रोक्न सफल हुनु भयो।’ दर्शकहरू महोत्सव स्थलसम्म पुगेर निराश हुँदै फर्किएको देख्दा आफूलाई निकै दुःख लागेको उनले बताएका छन् । उनले भनेका छन्, ‘ तर एक कुरा नबिर्सनुहोस्-हजुरहरूले मलाई कार्यक्रममा रोक्न सफल हुनुभयो होला, तर दाङका दर्शकहरूको मेरो लागि रहेको माया, स्नेह र आशीर्वाद कुनै माइकलालले मेटाउन सक्दैन!’ जबसम्म दर्शकहरूको माया छ तबसम्म आफूला...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज