नेपालमा चरा प्रजातिको सङ्ख्या ८ सय ९८ पुग्यो

फागुन २०

नेपालमा नयाँ चरा प्रजातिको खोज गरिएको छ, जसका कारण चरा प्रजातिको संख्या ८ सय ९८ पुगेको छ। पछिल्लो समय नेपालमा पर्पल–रुम्पेड सनवर्ड अर्थात् बैजनी–बुङ्गेचरा प्रजातिको चरा भेटिएको हो, जुन नेपालमा पहिलो पटक रेकर्ड गरिएको छ । झापाको मेचीनगर नगरपालिका ६ काँकरभिट्टामा समुद्र सतहदेखि १ सय ३३ मिटर उचाइमा यो चरा भेटिएको नेपाल बर्ड रेकर्ड कमिटीले जनाएको छ । चराविद् देवेन्द्रकुमार खरेलले फागुन ७ गते यो चरा देखेका थिए । खरेलको तस्बिर र अन्य चराविद्हरूसँगको अवलोकनपछि बर्ड रेकर्ड कमिटीले यसको पुष्टि गरेको छ ।

यसका अलावा, नेपालबाट लोप भएको ठानिएको चरा ब्राउन बुस वार्ब्लर (खैरो झाडी फिस्टो ) पनि चितवनमा देखिएको छ । चराविद् प्रताप गुरुङले मङ्सिर २३ गते यो चरा चितवनको दिव्यनगर क्षेत्रको खेतमा देखेका थिए।अब नेपालमा यी दुई नयाँ चरा प्रजातिहरूको रेकर्ड समावेश गरिएपछि नेपालको चरा प्रजातिको सूचीमा थप विस्तार भएको छ।

 

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज