Breaking News 2

बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

Breaking News 1, Breaking News 2, ताजा अपडेट, लुम्बिनी, समाचार
फागुन २० बुटवलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको छ । आइतबार दिउँसो बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ८८६ नम्बरको ट्रकले लु ९४ प ८५९४ नम्बरको स्कुुटरलाई ठक्कर दिँदा ७२ वर्षीय धनबहादुर पुनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका पुनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक स्कुटर चालक गुल्मी स्थायी घर भई बुटवलमा बस्दै आएका थिए ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज