खेलकुद

टप इन्ड टी–२० सिरिजमा नेपाल मेलबर्न सँग भिड्दै

टप इन्ड टी–२० सिरिजमा नेपाल मेलबर्न सँग भिड्दै

खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भदौ ०४, अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले आज आफ्नो पाँचौ खेल अस्ट्रेलियाको मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजेबाट सुरु हुनेछ । नेपालले हालसम्म सिरिजमा खेलेको चार खेलमध्ये तीन हार र एक जित निकालेको छ । ११ टिममध्ये अंक तालिकाको नवौं स्थानमा रहेको नेपालका लागि आजको खेल जित्नै पर्ने दबाब छ । तीन खेल मात्र खेलेको मेलबर्नले एक हार र दुई जित निकाल्दै चार अंक बनाएको छ । अंक तालिकामा मेलबर्न पाँचौ स्थानमा छ ।...
‘होरा ई स्पोर्ट्स’ पब्जी विश्वकपको फाइनलमा

‘होरा ई स्पोर्ट्स’ पब्जी विश्वकपको फाइनलमा

खेलकुद
साउन १५, नेपालको होर ई स्पोर्ट्स पब्जी मोबाईलको विश्वकपको फाइनलमा पुगेको छ । हिजो साउदी अरबमा सर्भाईबल स्टेजको दोस्रो दिन शानदार खेल प्रर्दशन गर्दै होर पब्जी ई स्पोर्ट्स विश्वकपको फाइनल राउण्डमा स्थान पक्का गरेको हो । नेपालसँगै सेन्ट्रल एशिया र साउथ एशियाबाट पब्जी विश्वकपमा मात्र तीन टिम सहभागी छन । पछिल्लो नतिजासँगै होर ई स्पोर्ट्सले करिब पौने १ करोड रुपैयाँ पक्का गरेको छ । नेपालबाट होर ई स्पोर्ट्समा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामाले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको फाइनल राउण्डमा मात्र १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले उपाधिसहित ८ करोड रुपैयाँ पाउनेछ । एजेन्सी...
महिला युरो कपको च्याम्पियन  बन्यो इङ्ल्यान्ड

महिला युरो कपको च्याम्पियन बन्यो इङ्ल्यान्ड

खेलकुद
साउन १२, विश्वकप विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ को जित निकाल्दै इङ्ल्यान्डले लगातार दोस्रोपटक महिला युरोपियन च्याम्पियनसिप–२०२५ उपाधि जितेको छ। आइतबार स्विट्जरल्यान्डमा सम्पन्न फाइनलमा खेलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो।  ...
२० वर्षमुनिको खेलमा आज नेपालले बङ्गलादेशसँग खेल्दै

२० वर्षमुनिको खेलमा आज नेपालले बङ्गलादेशसँग खेल्दै

खेलकुद, ताजा अपडेट, सुदूरपश्चिम
साउन ५, २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले दोस्रो पटक बङ्गलादेशसँग खेल्दैछ । आज हुने अन्तिम खेलले नै उपाधि जित्ने टोलीको निर्णय गर्नेछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ७ बजेदेखि शुरू हुनेछ । प्रतियोगितामा बङ्गलादेश पाँच खेलमा १५ अङ्कसहित शीर्ष स्थानमा छ भने समान खेलमा १२ अङ्कसहित नेपाल दोस्रो स्थानमा छ । नेपालले भुटान र श्रीलङ्कालाई दुई–दुई खेलमा पराजित गर्दा बङ्गलादेशसँग भने पराजित भएको थियो ।...
भूटानलाई हराउँदै बङ्गलादेश शीर्ष स्थानमा

भूटानलाई हराउँदै बङ्गलादेश शीर्ष स्थानमा

खेलकुद
साउन २, २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपखेलमा भूटानलाई हराउँदै बङ्गलादेश शीर्ष स्थानमा उक्लिएको छ । हिजो सम्पन्न खेलमा बङ्गलादेश ३-० ले विजयी भयो । बङ्गलादेशको यो लगातार चौथो जीत हो । जीतसँगै शीर्ष स्थानमा फेरि फर्किएको बङ्गलादेशले १२ अङ्क पुर्‍याएको छ । समान खेलबाट ९ अङ्क बटुलेको नेपाल दोस्रो स्थानमा छ । यस्तै बङ्गलादेश राष्ट्रिय फुटबल टोलीले आउँदो सेप्टेम्बरमा नेपालमा दुईवटा फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।...
साफ महिला च्याम्पियनशिपमा नेपालले श्रीलंकालाई हरायो

साफ महिला च्याम्पियनशिपमा नेपालले श्रीलंकालाई हरायो

खेलकुद
असार ३२, २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपको आफ्नो तेस्रो खेलमा नेपालले श्रीलङ्कालाई ७–० गोलले हराएको छ । यो जीतसँगै नेपालको तीन खेलमा ६ अङ्क भएको छ । जीतविहीन बनेको श्रीलङ्काले अङ्क जोड्न सकेको छैन । तीन खेलमा ९ अङ्क जोडेको घरेलु टोली बङ्गलादेश तालिकाको शीर्ष स्थानमा छ । दुई खेलमा ३ अङ्कसहित भूटान तेश्रो स्थानमा छ । लिग चरणमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ । नेपालले अब भोलि श्रीलङ्कासँग, साउन ३ गते भूटानसँग र साउन ५ गते बङ्गलादेशसँग खेल्नेछ ।...
आज नेपालले बङ्गलादेशसँग खेल्दै

आज नेपालले बङ्गलादेशसँग खेल्दै

खेलकुद, समाचार
असार २९, २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले आफ्नो दोश्रो खेलमा घरेलु टोली बङ्गलादेशसँग खेल्दैछ । बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा नेपाली समयअनुसार बेलुका पौने ७ बजे शुरू हुनेछ । शुक्रवार भएको खेलमा नेपालले भूटानमाथि ६–१ गोलको जीत निकाल्यो । यस्तै घरेलु टोलीले पनि आफ्नो पहिलो खेलमा शृङ्खलालाई ९–१ गोलले हरायो । अङ्क तालिकामा बङ्गलादेश शीर्ष स्थानमा र नेपाल दोश्रो स्थानमा छ ।...
आईसीसी एकदिवसीयमा नेपाल यथावत्

आईसीसी एकदिवसीयमा नेपाल यथावत्

खेलकुद
असार २३, नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी ) ले हिजो सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७औं स्थानमा यथावत् छ । वरीयतामा पाकिस्तान र बङ्गलादेशले मात्रै सुधार गरेका छन् । पाकिस्तान चौथो स्थानमा उक्लिएको छ । यसअघि पाकिस्तान पाँचौं स्थानमा थियो । श्रीलङ्का भने एक स्थान तल झर्दै पाँचौं स्थानमा पुगेको छ । बङ्गलादेश एक स्थान सुधार गर्दै नवौं स्थानमा आइपुगेको छ । वेस्ट इन्डिज भने १०औं स्थानमा झरेको छ । अन्य टोली १६ टोली वरीयतामा यथास्थानमा छन् ।...
आज आइसिसी विश्वकपमा नेपाल र नेदरल्याण्ड्स भिड्दै

आज आइसिसी विश्वकपमा नेपाल र नेदरल्याण्ड्स भिड्दै

खेलकुद
जेठ २७ आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दैछन् । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल आज जित दर्ता गर्दै सिरिजको सुखद् अन्त्य गर्न चाहन्छ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्समाथि ५ विकेटको जित निकालेको थियो ।...
नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दै

नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दै

खेलकुद
जेठ २५ आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङखलामा नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल डुन्डेको फोर्थहिल मैदानमा दिउँसो पौने ४ बजे शुरु हुनेछ । लिग–२ को आफ्नो चौथो चरणको श्रृङखलामा नेपालले शुरुआती दुई खेल जित्दै तालिकामा चार अङ्क थपेको छ । नेपालले गएको सोमवार भएको आफ्नो पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई एक विकेट र बुधवार भएको दोश्रो खेलमा नेदरल्यान्डसलाई पाँच विकेटले हराएको थियो । नेपाली टोलीले स्कटल्यान्ड भ्रमण अन्तर्गतको श्रृङखलामा आज तेस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा बलियो मानिएको घरेलु टोलीमाथि एक विकेटको रोमाञ्चक जीत निकालेको नेपाल आज पनि जीतलाई निरन्तरता दिन चाहन्छ । नेपाल र स्कटल्यान्डबीच अहिलेसम्म नौ वटा एकदिवसीय खेल भएको छ । जसमा नेपालले पाँच र स्कटल्यान्डले तीन खेल जितेको छ । एउटा खेल नतिजाविहीन भएको थियो । नेपालले पर्सि नेदरल्यान्ड्स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज