असार ३२,
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपको आफ्नो तेस्रो खेलमा नेपालले श्रीलङ्कालाई ७–० गोलले हराएको छ । यो जीतसँगै नेपालको तीन खेलमा ६ अङ्क भएको छ । जीतविहीन बनेको श्रीलङ्काले अङ्क जोड्न सकेको छैन । तीन खेलमा ९ अङ्क जोडेको घरेलु टोली बङ्गलादेश तालिकाको शीर्ष स्थानमा छ । दुई खेलमा ३ अङ्कसहित भूटान तेश्रो स्थानमा छ ।
लिग चरणमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ । नेपालले अब भोलि श्रीलङ्कासँग, साउन ३ गते भूटानसँग र साउन ५ गते बङ्गलादेशसँग खेल्नेछ ।