तिनाउ र बगनासकालीमा रास्वपाको घरदैलो कार्यक्रम
निराजन पौडेल
फागुन ५, पाल्पा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. माधव थापाले आज तिनाउ गाउँपालिकामा व्यापक घरदैलो कार्यक्रम सम्पन्न गर्नुभयो । घरदैलो कार्यक्रम अन्तर्गत उहाँले विभिन्न वडामा पुगेर स्थानीय बासिन्दासँग भेटघाट गर्नुभएको थियो । भेटका क्रममा जनताले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि तथा विकास सँग सम्बन्धित आफ्ना समस्या राखेका थिए । डा. थापाले ती विषयलाई गम्भीरतापूर्वक लिँदै जनताको सुझावलाई आफ्नो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तिनाउमा कार्यक्रम सम्पन्न गरेलगत्तै उहाँले बगनासकाली गाउँपालिकाको चिर्तुङधारा, पोखराथोक, खोरबारी पुगेर चुनावी भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्नुभयो । कार्यक्रममा स्थानीय युवायुवती, महिला समूह तथा ज्येष्ठ नागरिकहरुको उल्लेखनीय सहभागिता रहेको थियो । घरदैलो कार्यक्रममा बोल्दै डा. थापाले रोजगारी सिर्...








