रास्वपाको सर्‍यो महाधिवेशन

वैशाख ५,
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्पा०को यही बैशाखका लागि तय गरिएको महाधिवेशन आगामी फागुनका लागि सरेको छ ।

रास्वपा केन्द्रीय समितिको वैठकले आगामी फागुन ७, ८ र ९ गते चितवनमा प्रथम महाधिवेशन गर्ने निर्णय गरेको हो ।

यसअघि वैशाखमा महाधिवेशन गर्ने घोषणा गरिएकोमा पार्टी सभापति रवि लामिछाने नै कारागार चलान भएपछि महाधिवेशनको मिति सारिएको हो ।

आगामी असोजसम्ममा वडा अधिवेशन, कार्तिकसम्ममा पालिका अधिवेशन, मङ्सिर सम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने निर्णय पनि रास्वपाले गरेको छ । रास्वपा वैठकले प्रदेश इन्चार्जहरु भने तोकेको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज