फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान समयलाई खेर नफालौं : शंकर पोखरेल

फागुन २३
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजतन्त्रको नाममा समय खेर नफाल्न आग्रह गरेका छन् । सामािजक सञ्जालमार्फत महासचिव पोखरेलले जन आन्दोलनबाट फालिएको राजतन्त्रको नाममा आफ्नो मूल्यवान समय खेर नफाल्न सुझाव दिएका हुन् । गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा भएपनि गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने उउनले स्पष्ट पारेका छन् । अढाइसय वर्ष नेपाली जनताले राजतन्त्रको कर्म भागेका उनको भनाइ छ ।

उनले लेखेका छन्, ‘गुनासा र असन्तुष्टि आफ्नो ठाउमा होलान् । तर गणतन्त्रको विकल्प राजतन्त्र हुदै होइन । अढाइसय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो । जन आन्दोलनवाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मुल्यवान समयलाई खेर नफालौं’ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज