विचार

मोटरसाइकलमा पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने व्यवस्था गरिँदै

मोटरसाइकलमा पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने व्यवस्था गरिँदै

कर्णाली, कोशी प्रदेश, गण्डकी, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, विचार, समाचार, सुदूरपश्चिम
फागुन २० मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने व्यवस्था लागू गर्ने तयारी गरिएको छ । व्यवस्था खारेज भएको १८ वर्षपछि फेरि लागू गर्न लागिएको हो । सरकारले संसदमा दर्ता गरेको सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०८१ मा पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने व्यवस्था गरेको हो । विधेयकको दफा ४२ को उपदफा ३ मा ‘मोटरसाइकल तथा अन्य त्यस्तै दुई पांग्रे सवारी चलाउँदा चालक र त्यस्तो सवारीमा यात्रा गर्ने अन्य यात्रुले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्ने उल्लेख छ । उपदफा ४ मा त्यस्ता सवारी साधनमा यात्रा गर्ने १० वर्षमुनिका वा १३५ सेन्टिमीटरभन्दा कम उचाई भएका बालबालिकाका लागि छुट्टै सीट (चाइल्ड रिस्ट्रेन्ट) को व्यवस्था गर्ने उल्लेख छ । उपदफा ५ ले त्यस्ता सवारी साधन चलाउँदा बालबालिकालाई अगाडिको सीटमा राख्न नपाइने पनि उल्लेख गरिएको छ ।...
टिकटकमा ६० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिने

टिकटकमा ६० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिने

ताजा अपडेट, विचार, शिक्षा, समाचार
फागुन २० अहिलेसम्म टिकटकले अधिकतम १० मिनेटसम्मको भिडिओ अपलोड गर्न सक्ने सुविधा दिँदै आएको छ। टिकटकले आफ्नो प्लाटर्फममा अपलोड गर्न सकिने भिडिओको समयावधि क्रमशः बढाउँदै लगेको छ। सुरूवातमा १५ सेकेडको भिडिओ अपलोड गर्न सकिनेमा यस्तो भिडिओको लम्बाई एक मिनेट, तीन मिनेट हुँदै १० मिनेटसम्म बनाइएको हो। अबदेखि भने टिकटकमा ६० मिनेटसम्मको भिडिओ पनि अपलोड गर्न सक्ने भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।अन्तर्राष्ट्रिय सञ्चार माध्यम डेजर्टओ डट इनका अनुसार अहिले टिकटकको एपबाटै भिडिओ बनाउँदा १० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिन्छ। तर, अन्य एप वा बाहिरबाटै बनाएर तयार पारिएको भिडिओ ६० मिनेटसम्मको भए पनि टिकटकमा अपलोड गर्न सकिने भएको छ। यसको लागी भने टिकटक एप अपडेट गर्नुपर्ने पनि बताइएको छ ।...
अहिलेको सरकार जति टिक्छ, त्यति नै माओवादीलाई फाइदा : प्रचण्ड

अहिलेको सरकार जति टिक्छ, त्यति नै माओवादीलाई फाइदा : प्रचण्ड

राजनीति, विचार, समाचार
  फागुन २०। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने बताएका छन् । कैलालीको टिकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा आज बिहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने भएकाले आफूहरु सरकार बदल्ने कुनै खेलमा नरहेको स्पष्ट पारे । उनले भने, ‘अहिलेको सरकार अपारदर्शी, असंवैधानिक र अलोकतान्त्रिक तरिकाले बनेको हो भन्ने हामीले सुरुदेखि नै भन्दै आएको हौँ । सरकारले अहिलेसम्म जे जस्ता क्रियाकलाप गर्दै आएको छ, उसको उद्देश्य जनताले एकपछि अर्को गरी बुझ्दै गएका छन्, त्यसैले यो सरकार जति टिक्छ, माओवादी केन्द्रलाई फाइदा हुन्छ । हामी जनताको बीचमा गइसकेका छौँ, हामीलाई जनतातिरै ठिक छ ।’ उनले तथ...
बहुमत ल्याउन नसके पनि कांग्रेसलाई देशकै ठूलो पार्टी बनाउनुपर्छ : देउवा

बहुमत ल्याउन नसके पनि कांग्रेसलाई देशकै ठूलो पार्टी बनाउनुपर्छ : देउवा

राजनीति, लुम्बिनी, विचार, समाचार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो चुनावमा देशकै ठूलो पार्टी बन्ने गरी तयारीमा लाग्न पार्टीका नेतारकार्यकर्तालाई निर्देशन दिनुभएको छ । रुपन्देहीमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले बहुमत ल्याउन नसके पनि सबैभन्दा ठूलो पार्टी बन्न सक्ने बताउनुभयो । नेताहरूबीचका मतभेदहरू छलफलको माध्यमबाट समाधान गरेर पार्टीलाई जीवन्त बनाउनुपर्ने उहाँको भनाइ छ । कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको क्षेत्रीय सभापति प्रशिक्षण कार्यक्रमको मुख्य एजेन्डाका रूपमा सामाजिक सञ्जालको प्रयोगमार्फत पार्टीको विस्तार कसरी गर्न सकिन्छ भन्ने रहेको छ । देशको ठूलो दल नेपाली कांग्रेसले आफ्ना अगुवा कार्यकर्तालाई सामाजिक सञ्जालको प्रयोग र प्रभावबारे सिकाउन लागेको हो । बन्दसत्रमा सामाजिक सञ्जालको प्रभावकारी सदुपयोग कसरी गर्न सकिन्छ भन्नेबारे सिकाउ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज