Home / समाचार

समाचार

देशमा केही भएको छैन, सरकारले केही गरेन’ भन्ने हरुले पढ्नुहोस, देश यसरी बिकासको गतिमा अघि बढ्दैछ।

काठमाडौँ। सरकारी निकाय र निर्माण व्यवसायीले इमान्दार भएर काम गरे ठूला विकास निर्माणका कामले गति लिन सक्छ भन्ने उदाहरण नयाँ वर्ष लागेपछि निरन्तर रुपमा सार्वजनिक भएका छन्। यस मुलुकमा केही भएकै छैन, मात्र भ्रष्टाचार भएको छ, सरकार पूरै असफल भएको छ, प्रधानमन्त्री र मन्त्रीहरु गफ मात्रै दिन्छन् भन्नेका लागि विकासका …

Read More »

मोरङमा भयो विश्व चकित हुने यस्तो अनौठो घटना !

काठमाडौं । आज विप्लव समुहले गरेको बन्दले देशैभरीको जनजीवन प्रभावित भएको छ । प्रतिबन्धित विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका दिन आज मोरङको सुन्दरहरैचा नगरपालिकामा तर्साउनका लागि बनाइएको नक्कली कुकर बम राखिएको फेला परेको छ । आज बिहान सुन्दरहरैचा नगरपालिका– ७ स्थित बेलगाछीमा नक्कली कुकर बम राखिएको फेला परेको छ …

Read More »

एकाबिहानै पाल्पामा भयो शक्तिशाली बम विस्फोट, सरकारी भवनमा ठुलो क्षति

पाल्पा – आज बिहानै पाल्पामा सुतली बम विस्फोट भएको छ । जिल्लाको रिब्दिकोट गाउँपालिका–३ खस्यौलीमा रहेको गाउँपालिका भवनमा बम पड्किएको हो । बमले गाउँपालिका भवनमा क्षति पुगेको छ । भर्खरै भएको बम विस्फोटपछि प्रहरीको टोली त्यसतर्फ लागेको जनाइएको छ । बम विप्लव समूहको नेकपाकाले पड्काएको हुनसक्ने अनुमान गरिएको छ । …

Read More »

१९ वर्षीया स्वस्तिका लिम्बूको रहस्यमय मृत्यु, अनुसन्धान गर्दा नेकपा सांसद्को धम्की !

काठमाडौं । नेपालगन्जमा १९ बर्षीय स्वस्तिका लिम्बूको रहस्यमय तरिकाले हत्या भएको छ । ६ महिनाअघि नेपालगन्ज भृकुटी चोकका आशिश बुढा क्षेत्रीसँग प्रेम बिवाह गरेकी लिम्बुको रहस्यमय तरिकाले हत्या भएको हो । स्वस्तिका श्रीमान स्वस्तिकासँग नेपालगंज उपाहमनगरपालिका-१० भृकुटि चोकमा बस्दै आएका थिए । आइतबार दिउँसो स्वस्तिकाकाे शव आफ्नै कोठामा झुण्डिएको अवस्थामा …

Read More »

विप्लवको भोली नेपाल बन्दलाई लिएर गृहमन्त्री थापाले दिए सबै झस्किने अभिव्यक्ति

काठमाडौ । नेपाल सरकारले अपराधिक क्रियाकलापमा संलग्न भएको भन्दै विप्लव समुहमाथि प्रतिवन्ध लगाएको छ । सरकारले प्रतिवन्ध लगाएर कारबाही तिव्र बनाएपछि विप्लव समुहले भोली देखि नेपाल बन्द गर्ने जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रमलाई विथोल्नेसम्मका कार्यक्रम तय भएको जनाइएको छ । यो बिचमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राज्य …

Read More »

मृतकका परिवारलाई साउदीबाट अढाई करोड परराष्ट्रको खातामा,परिवार सम्म यो खबर पुराउन सेयर गरौ

रोजगारको क्रममा ज्यान गुमाएका श्रमिकका हकदारले पाउने गरी साउदी अरेबियाबाट करिब नेपाली दुई करोड ३५ लाख रुपैयाँ (सात लाख ९८ हजार पाँच सय ७६ रियाल) आएको छ । लामो समयअघि रोजगारीको क्रममा श्रमिकले ज्यान गुमाए पनि बिमा, ब्लड मनी लगायतको रकम निकासा नगरिँदा मृतकका आफन्त अन्यायमा पर्दै आएका थिए । …

Read More »

एकाबिहानै बझाङ केन्द्रबिन्दू बनाएर ४.८ रेक्टर स्केलको भूकम्प

बझाङ । बझाङमा सोमबार बिहान भूकम्प गएकाे छ । बिहान करिब ४ बजेर २७ मिनेटमा ४.८ रेक्टर स्केलको भुकम्प गएको छ राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ । बझाङ सदरमुकाम चैनपुरबाट पुर्वमा पर्ने जयपृथ्बी नगरपालिका- १ कैलासमा केन्द्रबिन्दु बनाएर भुकम्प गएको हाे । भूकम्पबाट खास कुने क्षति नभए पनि स्थानीय सामान्य …

Read More »

ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा, वृद्धभत्ता बढाइने

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौँ बैंक खाता¬’ राष्ट्रिय अभियानको शुभारम्भ गर्दै आगामी बजेटमा वृद्धभत्ता वृद्धि हुने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नयाँ वर्ष प्रवेशको दिनलाई पात्रोको पानो मात्र नभएर इतिहास र परिवर्तनको पात्रो पल्टिएको दिनका रुपमा मनाइएको बताउनुभयो । ज्येष्ठ नागरिक बीमाका …

Read More »

लुक्ला हवाई दुर्घटना : तीन मृतककाे पहिचान खुल्याे, घाइतेकाे उपचार काठमाडाैँमा हुँदै

काठमाडाैँ । आज बिहान सोलुखुम्बुको लुक्ला विमानस्थलमा रनवे बाट चिप्लिएर समिट एयरकाे जहाज दुर्घटना हुँदा मुत्यु हुनेकाे संख्या तीन पुगेकाे पुष्टि भएकाे छ । रामेछापका लागि उड्न लागेकाे समिट एयरकाे विमान बिहान करिब सवा नाै बजेतिर मनाङ एयर श्री एयरको हेलिकप्टरसँग ठाेक्किएकाे थियाे । साेलुखुम्बु प्रहरीका अनुसार घटनास्थलमै दुई जनाकाे …

Read More »

समिट एयरको विमान लुक्लामा दुर्घटना, ४ जनाको मृत्यु

सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको विमान पार्किङमा रहेको हेलिकप्टरसँग ठोक्किदा ४ जनाको मृत्यु भएको छ । पाईलट सहित केही घाइते भएका छन् । रामेछापका लागि उडान भर्ने क्रममा धावन मार्गमा चिप्लिएर समिट एयरको नाईन एन एएमएच विमान मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएको थियो । दुर्घटनामा हेलिकप्टरका क्याप्टेन, समिट एयरका कोपाईलट र …

Read More »