Home / बिहानी पोष्ट / लाजिम्पाट छोड्दै प्रचण्ड, किन छोड्दै छन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लाजिम्पाट ?

लाजिम्पाट छोड्दै प्रचण्ड, किन छोड्दै छन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लाजिम्पाट ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अब खुमलटार सर्ने भएका छन्। लाजिम्पाटमा भाडाको घरमा बस्दै आएका दाहाल छिटै चक्रपथबाहिर पर्ने ललितपुरको खुमलटार सर्न लागेका हुन्।

खुमलटारको नयाँ घरमा केही सामान पनि सार्न सुरु गरिएको छ।

‘लाजिम्पाटमा बाटो सानो र घर साँघुरो भएकाले समस्या भएको थियो,’ दाहालका स्वकीय सचिव जोखबहादुर महराले भने, ‘दसैंअघि देखि नै घर खोजिरहेका थियौं। खुमलटारमा भनेजस्तो घर भेटिएकाले केही सामान सारिएको छ। सबै सार्न केही समय लाग्छ होला।’

खुमलटारमा दाहालले सर्न लागेको घर कसको हो र उनले कति भाडा तिर्ने हुन् भन्नेबारे केही खुलाइएको छैन।

२०६३ मा शान्ति प्रक्रिया सुरु भएपछि काठमाडौं आएका दाहाल सुरुमा नयाँबजारमा भाडाको घरमा बसेका थिए। नयाँबजारको घर साँघुरो भएपछि उनी पाँच वर्षअघि लाजिम्पाट बसाइ सरेका थिए।

source:nayabato.com

About Bihani Post

Check Also

होसियार !! जाडोमा ब्रेकफास्ट नगर्दा हुनसक्छ यस्तो स्वास्थ्य समस्या-

होसियार !! जाडोमा ब्रेकफास्ट नगर्दा हुनसक्छ यस्तो स्वास्थ्य समस्या- बाँच्नका लागि दिनमा तीन पटक भोजन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *