Home / दुखद खबर / सिराहा बाट बिराटनगर आउदै गरेको बसले किचेर पानी बेच्ने बालकको मृत्यु

सिराहा बाट बिराटनगर आउदै गरेको बसले किचेर पानी बेच्ने बालकको मृत्यु

इनरुवा / सुनसरीको कोशी गाउँपालीमा बसले किचेर एक बालकको मृत्यु भएको छ । मंगलवार बिहान साढे ९ बजेको समयमा कोशी गाउँपालीका ८ स्थित हनुमान मन्दिर नजिक सिराहा बाट बिराटनगर आउदै गरेको यात्रुबाहक बसले किचेर पानी बेच्ने १० वर्षिय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सप्तरीको भारदह बाट पानी बेचेर भाण्टावारी आउने क्रममा सिराहा – बिराटनगर चल्ने ना ६ ख ५९६६ नम्बरको बसले किचेर कोशी गाउँपालीका ८ भाण्टावारी बस्ने युसुफ मियाको १० वर्षीय छोरा नुर सलामको मृत्यु भएको प्रहरीले जनाएको छ । बसबाट लडेर पछाडिको चक्काले किचेर गम्भीर घाइते भएका बालकको उपचारका लागि जिल्ला अस्पताल इनरुवा पठाएकोमा अस्पतालले मृत घोषित गरेको प्रहरी नायब निरीक्षक अवधलाल साह सोनारले जानकारी दिए ।

ठक्कर दिने बस र चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ भने बालकको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको छ ।

About Bihani Post

Check Also

चट्याङ लागेर प्रकाशको गयो ज्यान, श्रीमती सुनिता सहित मन्जु घाइते

झापा- चट्याङ लागेर झापामा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा वडा नम्बर १५ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *