Home / समाचार / मृतकका परिवारलाई साउदीबाट अढाई करोड परराष्ट्रको खातामा,परिवार सम्म यो खबर पुराउन सेयर गरौ

मृतकका परिवारलाई साउदीबाट अढाई करोड परराष्ट्रको खातामा,परिवार सम्म यो खबर पुराउन सेयर गरौ

रोजगारको क्रममा ज्यान गुमाएका श्रमिकका हकदारले पाउने गरी साउदी अरेबियाबाट करिब नेपाली दुई करोड ३५ लाख रुपैयाँ (सात लाख ९८ हजार पाँच सय ७६ रियाल) आएको छ । लामो समयअघि रोजगारीको क्रममा श्रमिकले ज्यान गुमाए पनि बिमा, ब्लड मनी लगायतको रकम निकासा नगरिँदा मृतकका आफन्त अन्यायमा पर्दै आएका थिए । साउदीस्थित नेपाली दुतावासले जनाए अनुुसार विभिन्न कारणले ज्यान गुमाएका व्यक्तिका हकदारले पाउने गरी उक्त रकम (सात लाख ९८ हजार पाँच सय ७६ रियाल) परराष्ट्र मन्त्रालयको खातामा जम्मा भइसकेको छ । श्रम स्वीकृति निकालेको संख्याको आधारमा साउदी यतिखेर दोस्रो गन्तव्यमा छ । साढे १० महिनादेखि सरकारले मलेसिया रोजगार बन्द गरेपछि साउदी दोस्रो नम्बरमा उक्लिएको हो ।यो समाचार आजको नागरिक दैनिकमा छ ।

About Bihani Post

Check Also

ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा, वृद्धभत्ता बढाइने

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौँ बैंक खाता¬’ राष्ट्रिय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *