Home / विज्ञान प्रविधि / फेरी हावाहुरी र मेघ गर्जनसहित ३ दिनसम्म वर्षा हुने, मौसमविदहरुले दिए यस्तो चेतावनी

फेरी हावाहुरी र मेघ गर्जनसहित ३ दिनसम्म वर्षा हुने, मौसमविदहरुले दिए यस्तो चेतावनी

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभर मौसम बदली हुने जनाएको छ । महाशाखाका मौसमविद्का अनुसार आज देशका विभिन्न ठाउँमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ । दिउँसो ३ बजेपछि देशका पूर्वी क्षेत्र तथा मध्य र पश्चिमका पहाडी क्षेत्रमा हावाहुरी र मेघ गर्जनसहित असिनापानी पर्ने सम्भावना रहेको छ ।
मौसम परिवर्तन हुने क्षेत्रका मानिसलाई बेलैमा सचेतता अपनाउन महाशाखाले आग्रह गरेको छ । पश्चिमको पहाडी भेग तथा मध्य क्षेत्रका काठमाण्डुलगायत पहाडी भेगमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ ।
पूर्वमा भने तराई तथा पहाडी दुवै भेगमा गड्याङगुडुङ र हावाहुरीसहित पानी पर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।
आइतबार साँझ बारा र पर्सामा आएको हावाहुरीबाट सयौं मानिस घाइते भएका छन् । साथै उक्त विपत्तिमा परी २८ जनाले ज्यान गुमाएका छन् ।
यस्ताे छ ३ दिनकाे माैसम पूर्वानुमानः चैत्र १९ गते (मंगलबार)दिउँसो देशको पुर्वी लगायात मध्य पहाडी तथा पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुमा आंशिक बदलि रहनेछ ।
अपरान्ह पश्चात देशको पुर्वी भू–भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी तथा मध्य पहाडी भु–भागका एक दुइ स्थानमा मेघ गर्जनका साथ हावाहुरी सहित क्षणिक वर्षाको संभावना देखिन्छ ।
राति: देशको पुर्वी भू–भागलगायात मध्य पहाडी भु–भागमा आंशिक बदली रहनेछ बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ । देशको पुर्वी भू–भागका १/२ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ ।
त्यस्तै चैत्र २० गते (बुधबार) दिउँसो देशको पुर्वी भु-भाग लगायत मध्य पहाडी तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ ।
अपरान्ह पश्चात देशको पुर्वी पहाडी भू-भागका थोरै स्थानमा, मध्य पहाडी तथा पश्चिमी पहाडी भु-भागका १/२ स्थानमा मेघ गर्जनका साथ हावाहुरी सहित क्षणिक वर्षाको संभावना देखिन्छ । राति भने देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।
चैत्र २१ गते (बिहिबार) दिउँसो देशको पुर्वी भु-भाग लगायत मध्य पहाडी तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ ।
चैत्र २१ गते (बिहिबार) दिउँसो देशको पुर्वी भु-भाग लगायत मध्य पहाडी तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ ।
अपरान्ह पश्चात देशको पुर्वी पहाडी भू-भागका थोरै स्थानमा, मध्य पहाडी तथा पश्चिमी पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ । त्यस्तै राति भने देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।
यसो समयमा सचेत रहन मौसमविदहरुले चेतावनी दिएका छन् । यसअघि आइतबार आएको हावाहुरीको विषयमा भने मौसमविदहरुले खासै केहि जानकारी दिएका थिएनन् ।

About Bihani Post

Check Also

बिदेशबाट नेपालमा फ्रीमा फोन गर्ने यस्तो छ तरिका, हेर्नुहोस्(भिडियो सहित)

जेठ । काठमाडौं । बिदेश देखि नेपाल फोन गर्नुहोस फ्रीमा…अनलिमिटेड मिनेटको सुविधा सहित ।नेपालबाट नेपाल …

Leave a Reply

Your email address will not be published. Required fields are marked *