Home / प्रवासी खबर / यसरी भयो हेलिकप्टर दुर्घटना, १३ जना सैनिकको मृत्यु, यस्तो छ पछिल्लो अवस्था

यसरी भयो हेलिकप्टर दुर्घटना, १३ जना सैनिकको मृत्यु, यस्तो छ पछिल्लो अवस्था

अल्माटी । कजाखस्तानको दक्षिण पश्चिममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा १३ जना सैनिकको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार रुसमा निर्मित एमआई–८ हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो ।
कजाखस्तानका नवनिर्वाचित राष्ट्रपति कास्सिम जोमार्ट टोकायेभले घटनाको छानबिन गर्न आदेश दिएका छन् । एमआई हेलिकप्टरहरु यात्रुहरु र दुर्गम क्षेत्रहरुमा सामान ओसारपसार गर्न बढी मात्रामा प्रयोग हुने गर्दछ । तर पछिल्लो समय यी हेलिकप्टरहरु दुर्घटना हुनेक्रम बढेको छ ।
गत वर्ष अगस्टमा साइबेरियामा यही मोडेलको हेलिकप्टर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।

About Bihani Post

Check Also

दुबईतर्फ उडिरहेको विमान अपहरणको प्रयास, विमानको आपतकालिन अवतरण गरियो… (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

ढाका- बङ्गलादेशबाट १४२ यात्रु बोकेर दुबईका लागि उडेको विमान बङ्गलादेश एअरलाइन्सका चालक दलका सदस्यले जहाज …

Leave a Reply

Your email address will not be published. Required fields are marked *