Home / भिडियो / अस्पतालमा उपचार नपाएर अलपत्र बेलायती नागरिकलाई सितलले गरे उद्धार, यसरी सुरु भयो उपचार (भिडियो हेर्नुस्)

अस्पतालमा उपचार नपाएर अलपत्र बेलायती नागरिकलाई सितलले गरे उद्धार, यसरी सुरु भयो उपचार (भिडियो हेर्नुस्)

अस्पतालमा उपचार नपाएर अलपत्र बेलायती नागरिकलाई सितलले गरे उद्धार, यसरी सुरु भयो उपचार (भिडियो हेर्नुस्)
काठमाडौं, १२ चैत । केही दिन यता काठमाडौंको बिर अस्पतालमा उपचारार्थ रहेका एक जना विदेशी नागरिकको समाचार र भिडियोले तरंग पैदा गरेको छ । नेपालमा बिचल्लीमा परेका ती बिदेशी नागरिक बेलायतका हुन् । उनको नाम फिलिप्स हो । उनी बीर अस्पतालमा बेवारिसे रुपमा जीवन र मरणको दोसाधमा छन् । उपचारमा संलग्न एक चिकित्सकका अनुसार उनलाई हेपाटाइटिस सी र डाइबेटिस रोग छ । त्यसको लागी अस्पताल आफैले खर्च बेहोर्न नसकेको र बेलायती एम्बेसीले पनि बेवास्ता गरेको कारण उनको यो हालत भएको हो ।

उनका लागि सहयोग आएको र उनका लागि सहयोगी धेरै आएको भन्दै समाचार आएका थिए । तर लाइट नेपालको टोली उनको उपचार भइरहेको स्थानमा जाँदा एक जना क्रिस्टिना मात्र सहयोगमा जुटेको भेटिएको थियो । विर अस्पतालमा उनको उपचार सम्भव नहुने तर विर अस्पतालमा आइसियु समेत उपलब्ध नभएपछि लाइट नेपालका सितलभेट बस्यालको सहयोगमा उनलाई आइसियु सहितको उपचारका लागि काठमाडौं मेडिकल कलेजमा पुर्याइएको छ । सितलको सकृयतामा प्रहरीसंगको सहयोगमा बेलायती नागरिकलाई काठमाडौं मेडिकल कलेज लगिएको हो ।

सितल चिकित्सक सहितको टोलीसंग उनलाई एम्बुलेन्समा राखेर केएमसी अस्पताल पुर्याएका छन् । तपाईहरुले भिडियोमा हेर्न सक्नुहुन्छ कसरी सितलले उनलाई एम्बुलेन्समा राखेर चिकिस्सकको टोली सहित केएमसी अस्पताल पुर्याए । उनको केएमसी पुगेपछि उपचार समेत सुरु गरियो । सितलको सामिप्यता पाएपछि फिलिप्सले आफ्नो टाउको दुखेको संकेत गर्दै सितललाई मसाज गरिदिन आग्रह गरे । विदेशी नागरिक आफ्नो मुलुकमा आएर यस्तो दर्दनाक अवस्थामा रहेको हाम्रो टिमले देख्न सकेन । त्यसैले हामी उनका लागि सहयोग जुटाउने अभियानमा छौं ।

कृपया अर्काको देशमा अलपत्र परेका विदेशी नागरिकलाई स्वास्थ्य बनाएर उनको देश फर्काउने हाम्रो अभियानमा तपाईहरुको पनि साथको अपेक्षा गरेका छौं । हामी नेपालीहरु विदेशी भूमीमा यस्तो अवस्थामा रहँदा कति पीडा हुन्छ पक्कै पनि उनलाई पनि त्यस्तै पीडा भएको होला । हामी आफ्नै पीडा सम्झेर उनलाई सहयोगका लागि पहल सुरु गरेका छौं । तर तपाईहरुको सहयोगबिना हाम्रो प्रयासले मात्र सम्भव छैन । कृपया यो भिडियो शेयर गरेर र उनलाई उपचारमा सहयोग पुर्याउन आर्थिक रुपमा पनि सकेजति सहयोग गरिदिनुहुन लाइट नेपाल टिम आग्रह गर्दछ ।

About Bihani Post

Check Also

५२ वर्ष देखि नेपालमा बस्छन् अर्का फिलिप, यस्तो छ अवस्था, पुतली बाजेको दर्दनाक कथा (भिडियो

सुन्दर नगरी पोखरा, पोखरा भन्ने वित्तिकै संसारले पर्यटकीय ठाउँ भनेर चिन्ने गर्दछ । यहि पोखरामा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *