Home / समाचार / दुर्घटना अपडेट : त्रिशुली नदीमा खसेको बसको एस्तो छ ताजा अबस्था ,,,,,,पुराहेरी सक्दो शेयर गरौ

दुर्घटना अपडेट : त्रिशुली नदीमा खसेको बसको एस्तो छ ताजा अबस्था ,,,,,,पुराहेरी सक्दो शेयर गरौ

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तीन जना सवार बस चितवनको इच्छाकामना–५ घोप्टेभिरमा दुर्घटना भएको हो । बसमा चालक, सहचालक र अर्को बसको चालक रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सहचालकको अवस्था गम्भिर रहेको छ भने २ जनाको सामान्य रहेको छ । कुरिनटारबाट खाना खाएर काठमाडौं फर्किने क्रममा बस दुर्घटना भएको हो । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ । स्याङ्जाको मालुङ्गा नजिकै स्कुटी दुर्घटना भएको छ । मंगलबार लु ३७ प ३०९० नम्बरको स्कुटीलाई विपरित दिशाबाट आइरहेको लु १च ७२५६ नम्बरको जीपले ठक्कर दिदाँ दुर्घटना भएको हो ।दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका १ नेटाका २१ वर्षीया रूपा थापामगर रहेको गल्याङ प्रहरी चौकीका प्रमुख तथा प्रहरी निरीक्षक जनक रेग्मीले जानकारी दिए ।२१ वर्षीया रूपा थापामगरको ११ दिन अघि विवाह भएको थियो । उनी श्रीमान सहित माइतीघरबाट घर फर्किदै गर्दा दुर्घटनामा परेका हुन । स्याङ्जाको कालिगण्डकी गाउँपालिका ४
विर्घाबाट दुल्हन फर्काएर गुल्मी घर फर्कने क्रममा स्याङ्जाको मालुङ्गा नजिकै उनीहरू सवार स्कुटी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।गल्याङ प्रहरी चौकीका प्रमुख तथा प्रहरी निरीक्षक जनक रेग्मीले थापाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको वताए । दुर्घटनामा मृतक थापाका श्रीमान २७ वर्षीय महेश पुन घाइते भएका छन् ।उनको अवस्था सामान्य रहेको र अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए । रुपा मगर विद्यार्थी संघ पाल्पाकी पूर्व अध्यक्ष पनि हुन् ।मृतकको शव जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी भइरहेको छ ।

About Bihani Post

Check Also

एकाबिहानै बझाङ केन्द्रबिन्दू बनाएर ४.८ रेक्टर स्केलको भूकम्प

बझाङ । बझाङमा सोमबार बिहान भूकम्प गएकाे छ । बिहान करिब ४ बजेर २७ मिनेटमा ४.८ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *