Home / समाचार / भर्खरै काठमाडौँ मा धट्यो डरलाग्दो घटना

भर्खरै काठमाडौँ मा धट्यो डरलाग्दो घटना

काठमाडौँ – काठमाडौँको पर्यटर्की क्षेत्र ठमेलमा ट्याक्सी चालकमाथि खुकुरी प्रहार भएको छ । ३ जनाले खुकुरी प्रहार गरी एक्कासी आक्रमण गर्दा चालकको घाँटी, टाउको तथा छातीमा लाग्यो गहिरो चोट लागेको प्रहरीले जनाएको छ । घटना सोमवार बिहानको हो । ओएसनेपालले पाएको जानकारी अनुसार ट्याक्सीमा सवार यात्रुहरुले चालकमाथि आक्रमण गरि घाइते बनाएका हुन् ।ठमेलबाट गोकर्णेश्वर जाने क्रममा बा २ ज ३२६६ नम्बरको ट्याक्सीका चालक बुद्धि बहादुर गुरुङमाथि आक्रमण हुँदा घाँटी, टाउको तथा छातीमा गहिरो चोट लागेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
बिहान करिब ३ बजे चालक गुरुङलाई गोकर्णेश्वर जान अनुरोध गरेका तीन जनाले गोकर्णेश्वर रिसोर्ट नजिकै पुगेपछि धारिलो हतियार प्रहार गरेको बताइएको छ।ट्याक्सी चालक गुरुङको मुख समेत थुनी धारिलो हतियार सहित आक्रमण गरिएको बताइएको छ । सामूहिक आक्रमणमा परि घाइते भएका गुरुङको ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको र आक्रमण गर्ने समुहको खोजीकार्य भइरहेको प्रहरी उच्च स्रोतले जनाएको छ ।बझाङ – भलिबल खेल्दा विवादपछि भएको झडपमा सुर्मा गाँउपालिका वडा नम्बर ५
मा एक जनको ज्यान गएको छ । ज्यान जानेमा १८ वर्षीय आनन्द विक रहेका छन् ।आइतबार दिउँसो गाँउ नजिकै भलिबल खेल्दा विवाद भएपछि वडा नम्बर ५ कै १८ वर्षीय जीवन बोहरा र रनु बोहराले विकलाई लौरोले हानेर घाइते बनाएको प्रहरीले जनाएको छ ।घाइते विकको जिल्ला अस्पतालमा उपचार हुन नसके पछि नेपालगञ्ज रिफर गरिएको थियो । उनको सोमबार बिहान अत्तरिया पुग्दै गर्दा बाटोमा नै ज्यान
गएको प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भैरहको छ । घटनामा संग्लग्न दुवैजना फरार रहेको बतायएको छ ।काठमाडौ– अन्ततः नेपाल र जापानबीच नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार आगामी अप्रिल १ देखि नेपाली कामदारलाई जापान पठाउने प्रक्रिया शुरु हुनेछ । जापानी कानुन बमोजिम नेपाली श्रमिकहरुको रोजगारीका सेवा, सुविधा जापानी नागरिक सरह पाउने व्यवस्था गरेको छ ।

About Bihani Post

Check Also

एकाबिहानै बझाङ केन्द्रबिन्दू बनाएर ४.८ रेक्टर स्केलको भूकम्प

बझाङ । बझाङमा सोमबार बिहान भूकम्प गएकाे छ । बिहान करिब ४ बजेर २७ मिनेटमा ४.८ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *