Home / खेलकुद खबर / खेल आज : फेरि पनि कुवेतलाई राेक्ने रणनीतिमा नेपाली टाेली

खेल आज : फेरि पनि कुवेतलाई राेक्ने रणनीतिमा नेपाली टाेली

काठमाडौं । कुवेतसँग नेपालले आज दाेस्राे मैत्रीपूर्ण फुटबल खेल्दै छ । कुवेतमै रहेकाे नेपाली टोलीले उसैको घरेलु मैदानमा हुन लागेकाे दाेस्राे खेलमा पनि कुवेतलाई राेक्ने या पराजित गर्ने रणनीति लिएकाे छ ।

गत बिहीबार भएकाे पहिलो खेलमा कुवेतलाई नेपालले गाेलरहीत बराबरीमा रोकेको थियाे । बिहीबार राति अबेरसम्म भएको पहिलाे मैत्रीपूर्ण खेलमा गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरे पनि गाेल चाहिँ गर्न सकेनन् । यद्यपि नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोक्न सफल भयाे ।
नेपाली राष्ट्रिय टाेलीका प्रशिक्षक योहान कलिन र कप्तान विराट महर्जनले पहिलो खेलको लयलाई निरन्तरता दिँदै दोस्रो खेलमा पनि कुवेतलाई रोक्ने लक्ष्य रहेकाे बताए । दाेस्राे खेल आज राति नेपाली समयअनुसार ९:१५ मा हुँदै छ ।

प्रशिक्षक कलिनले अघिल्लो खेलमा झैँ संयमित भएर प्रदर्शन गर्ने तयारीमा रहेकाे बताएका छन् । उनले आफ्नाे लक्ष्य कम्तीमा बराबरी खेल्ने र सकेसम्म कुवेतलाई उसैकाे घरायसी मैदानमा पराजित गर्ने रहेकाे बताए ।

कुवेत आजकाे खेलमा आक्रामक रुपमा प्रस्तुत हुने अनुमान अनुसारै नेपाली टाेलीले त्यसकाे सामना गर्ने रणनीति लिएकाे छ । पहिलो खेलकाे उत्कृष्ट प्रदर्शनपछि नेपाली टाेलीका आत्मविश्वास बढेकोले आजकाे नतिजा पनि सकारात्मक हरने प्रशिक्षक काेलिनकाे भनाइ छ ।

नेपाल र कुवेतबीच १९ वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो । यसअघि नेपालले कुवेतसँग सन् २००० मा एएफसी एसिया कपमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल ५–० ले पराजित भएको थियो ।

कुवेत १९८२ को विश्वकपमा छानिसकेको बलियाे टिम मानिन्छ । साथै एसियाकप उपाधि विजेताको छवि बनाए पनि कुवेती फुटबल पछिल्लो समय निरन्तर अस्थिरताका कारण धरासायी बन्दै गएको बताइन्छ । तापनि नेपाली टाेलीभन्दा कुवेत बलियाे मानिएकाे छ । फिफा बरियतामा भने नेपाल भन्दा ४ स्थानमात्र माथि रहेको छ ।

About Bihani Post

Check Also

एएफसी यु–१९ फुटबल च्याम्पियनसिपमा भारत माथि नेपालको २-० को जित दर्ता

यु–१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपाल विजयी भएको छ आज भएको खेलमा भारतलाई पराजित गर्दै नेपाल …

Leave a Reply

Your email address will not be published. Required fields are marked *