Home / समाचार / विप्लव तथा उनका अन्य नेता पक्राउ परे जन्मकैदको सजाय हुने

विप्लव तथा उनका अन्य नेता पक्राउ परे जन्मकैदको सजाय हुने

काठमाडौं । प्रतिवन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव पक्राउ परेमा प्रचलित कानुनअनुसार उनीमाथि जन्मकैद सजाय हुने भएको छ। फागुन २८ को मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउँदै उसका सबै गतिविधि नियन्त्रणमा संगठित र फौजदारी अपराधसम्बन्धी कानुन आकर्षित हुने घोषणा गरिसकेको छ।
विप्लव तथा उनका अन्य नेता पक्राउ परे १० हजार जरिवानादेखि जन्मकैदसम्मको सजाय हुनसक्ने कानुनी व्यवस्था छ। मन्त्रिपरिषद्बाट प्रतिवन्ध लाग्नुअगावै विप्लव भूमिगत भइसकेका छन्। यस बीचमा करिव दुई दर्जन नेता कार्यकर्ता पक्राउ परेका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

About Bihani Post

Check Also

एकाबिहानै बझाङ केन्द्रबिन्दू बनाएर ४.८ रेक्टर स्केलको भूकम्प

बझाङ । बझाङमा सोमबार बिहान भूकम्प गएकाे छ । बिहान करिब ४ बजेर २७ मिनेटमा ४.८ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *