Home / स्वास्थ्य खबर / आफैँ गर्न सकिन्छ, यस्ता छन् उपचार विधि शेयर गर्न नभुल्नुहोला (भिडियो सहित)

आफैँ गर्न सकिन्छ, यस्ता छन् उपचार विधि शेयर गर्न नभुल्नुहोला (भिडियो सहित)

सामान्यरूपमा भन्नु पर्दा, पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने लगायतका लक्षण र समस्यालाई ग्या.स्ट्रिक भन्ने गरिन्छ । ग्यास्ट्रिक भएकाहरुलाई वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, तौल कम हुने ,छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्ने आदि लक्षण देखा पर्नु नै यसको लक्षण हो ।

यसबाट बच्ने घरेलु उपायहरू धेरै छन् ती मध्ये केही उपाय, यहाँ हामी छलफल गर्ने छाैं ।
१. बेसारको पात

बेसारको पातलाई सबैभन्दा राम्रो ग्यास्ट्रिकको औषधिको रुपमा मानिन्छ । दिनको एक ग्लास दुधमा बेसारको पात मिसाएर दिनहुँ पिउनुहोस् । यसो गर्दा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।

२. अम्बा (वेलैती)को पात

एउटा अम्बाको पात लिनुहोस् र त्यसलाई पानीमा उमाल्नुहोस् । यसलाई दिनहँु पिउँदा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।

३. आलुको जुस

आलुलाई सफा गर्नुहोस् । त्यसपछि बोक्रा हटाई एक टुक्रा पानीमा उमाल्नुस् । दिनकै एक ग्लास ३ पटक खाना अघि पिउनुहोस् ।

४. अदुवा

ग्यास्ट्रिकको समस्या कम गर्ने अर्काे तरिका अदुवा हो । अदुवालाई औषधिको रुपमा पनि मानिन्छ । दिनहुँ खाना खाएपछि ताजा अदुवाको टुक्रा चपाउनुहोस् यो समस्या आफैँ टाढा हुन्छ । यसरी अदुवाको धूलो, नुन, हिंग पानीमा मिसाउनु र दिनहुँ पिउने गर्नुहोस् ।

५. बेकिङ सोडा

बेकिङ सोडामा धेरै मात्रामा Antacid भएको कारण यसले ग्यास्ट्रिकको समस्या हटाउन मदत गर्दछ । एक ग्लासमा आधा चम्चा बेकिङ सोडा राखेर मिसाउनुस् र दिनहुँ यसको प्रयोग गर्ने गर्नुहोस् ।

६. दालचिनी

तातेको दूधमा आधा चम्चा दालचिनीको धूलो र मह राखेर मिसाउनुहोस् । यसको सेवन राती सुत्नु अगाडि गर्नुहोस् । यसले ग्यास्ट्रिकको समस्या कम गर्न मदत गर्दछ ।

७. जिराको गेडा

एक ग्लास तातो पानीमा एक चम्चा जिराको गेडा राखेर उमाल्नुहोस् । यसलाइ केही समय सम्म ढाकेर राख्नुहोस् । त्यसपछि यसको सेवन गर्नुहोस् ।

८. लसुन

२/३ वटा लसुनको केसालाई आगोमा पोल्नुस् त्यसपछि त्यसको बोक्रा निकालेर खानुहोस् । ताजा लसुनलाई पिसेर, जिराको धूलो र जिराको गेडालाई पानीमा राखी उमाल्नु र यसको सेवन गर्नु । यसो गर्दा ग्रास्ट्रिक समस्या हट्दै जान्छ ।

९. सौंप

सौंपलाइ पनि एक किसिमले औषधिको रुपमा लिन सकिन्छ । एक गिलास पानीमा सौंपको दाना राखी उमाल्नस् र सेलाए पछि खानुहोस् ।

१०. पुदिना

एक ग्लास पानीमा ताजा पुदिना राखेर उमाल्ने र सेलाएपछि त्यसमा मह हालेर दिनको दुई / तीन पटक खानुहोस् । यसले ग्यास्ट्रिक समस्यालाई हटाउन मदत गर्दछ ।

भिडियो

About Bihani Post

Check Also

पसिना गन्हाउने समस्या छ ?त्यसो भय यस्तो छ समाधानको उपाय

चियाका किसिममा हरेक व्यक्तिको आ–आफ्नै रुची हुन्छन्। कसैले दूध राखेको चिया पिउन रुचाउँछन् भने कतिपयले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *