Home / Braking News / विप्लवको’बन्द विवाहको गाडीमा आगजनी

विप्लवको’बन्द विवाहको गाडीमा आगजनी

धनगढी : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीको बन्दको सुदूरपश्चिममा आंशिक प्रभाव परेको छ । सुदूरपश्चिमको राजधानी धनगढी बजारमा मोटरसाईकल, ईरिक्सा र चार पांग्रे सवारी साधन चलिरहेका छन् भने अधिकांस बजार बन्द रहेको छ बुधबार बेलुकी भजनीबाट आईरहेको विवाहको गाडीमा मसुरिया र राजीपुरकोबीच जंगलमा आगो लगाई दिएको छ । म १ ख ४४१ नम्बरको विवाहको गाडिमा आगो लगाईएको हो । आज बिहान पहाडि जिल्लाबाट धनगढीतिर आईरहेका सार्वजनिक सवारी साधन रोकिरहेका विप्लव समूहका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीका प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले गोदावरी नजिकबाट तीन जना नियन्त्रणमा लिएको जानकारी दिए । उनले सवारी साधनलाई प्रहरीले स्कटीङ गरेर गन्तव्यमा पठाईरहेको बताए । तर धनगढीबाट चल्ने सार्वजनिक यातायात भने पूरै बन्द छ । सुदूरपश्चिम यातायात, मालिका यातायात र कर्णाली यातायातले देशको पुर्वी र पहाडि क्षेत्रको यातायात बन्द भएको जनाएको छ । मकवानपुर । अज्ञात
समूहले मकवानपुरको थाहा नगरपालिका ४ नयागाउँमा ट्रक जलाएको छ ।काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बर ट्रकमा गएराति करिब एक बजे अज्ञात समुहले आगजनी गरेको मकवानपुर प्रहरीले जनाएको छ ।प्रहरीको अनुसार पालुङ र दामनको जंगलबीच नयाँगाउँमा ट्रकलाई रोकी ४–५ जनाको समूहले पेट्रोल खन्याएर आगजनी गरेको हो । आगजनीबाट ट्रकको टेलरमा क्षति भएको छ ।ट्रकमा लागेको आगो थाहा नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो । ट्रकको अगाडिको भाग पूरै जलेको छ । ट्रकमा चालक, सहचालकसहित तीन जना सवार थिए ।विप्लव नेतृत्वले आगजनी गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।परासी : पूर्वपश्चिम राजमार्गस्थित पश्चिम नवलपरासीको बासाबसहीमा गएराती दुई ट्रकमा आगजनी गरिएको छ। ८/१० जनाको समूहमा आएका अज्ञात व्यक्तिले आगजनी गरेका हुन्। काठमाडौबाट धनगढीका लागी बासाबसही नजिक रहेको स्टिल कम्पनीमा रड लिन आएका ट्रक खाली रहेको प्रहरीले जनाएको छ।
आगलागीबाट ट्रकका टायर पछाडिको भागमा क्षति पुगेको छ। बन्दको पूर्वसन्ध्यामा गरेको आगजनी विप्लव समूहले गरेको आशंका प्रहरीको छ।यसैबीच विप्लव समहुको नेकपा जनपरिषद्को नामबाट पाल्हीनन्दन गाउँपालिका -६ पडरीमा रहेको ३४ विगाहा जमिनमा झण्डा गाडिएको छ। उक्त जग्गा एक व्यक्तिको नाममा थियो।स्थानीय जनतालाई वर्षौदेखि जोतभोग गर्न दिएको जग्गा थाहा नदिई जालसाक्षी गरेर बिक्री गरेको भन्दै झण्डा गाडेर कब्जामा लिइएको जनपरिषद्का एक जिल्ला नेताले बताएका छन्।यता पूर्वी नवलपरासीको राजमार्गमा पर्ने जयश्री पुलमा त्रसित बनाउन राखिएको शंकास्पद वस्तु सुरक्षाकर्मीले हटाएको छ। शंकास्पद वस्तु राखेपछि सवारीसाधनलाई वैकल्पिक बाटोबाट आवत जावतको व्यवस्था मिलाईएको थियो। बोराभित्र राखिएको उक्त वस्तुमा खाली टिन र ब्याट्री रहेको सुरक्षा निकायले जजाएको छ।
विप्लव समूहको बन्दको प्रभाव पूर्वी र पश्चिम नवलपरासीमा पनि परेको छ।

About Bihani Post

Check Also

प्रहरीले विप्लवका कार्यकर्तालाई गोली प्रहार गरी ढाल्यो, पुरा विवरण हेर्नुहाेस !!

कपिलवस्तु – कपिलबस्तु शिवराज नगरपालिकामा विप्लवका कार्यकर्तामाथि गोली प्रहार भएको छ । प्रहरीको गोली लागेर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *