Home / प्रवासी खबर / आमाको मायाँ ! भारतीय पाइलटलाई पाकिस्तानले रिहा गर्ने भएपछि सन्देशमुलक भाइरल भिडियो! बिबरण सहित हेरी सेयर गरौ

आमाको मायाँ ! भारतीय पाइलटलाई पाकिस्तानले रिहा गर्ने भएपछि सन्देशमुलक भाइरल भिडियो! बिबरण सहित हेरी सेयर गरौ

काठमाडौं । पछिल्ला दिनहरुमा भारत र पाकिस्तानबीच बढ्दैं गएको तनाबलाई लिएर अहिले विश्व शान्ति खोजिरहेको छ । नेपाल लगायत विश्वका सबैं देशहरुले भारत र पाकिस्तानलाई मिलेर छलफलको माध्यमबाट समस्याको समधान गर्न अनुरोध गरिरहेका छन् । शान्तिका पक्षमा विशेष रुपमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान अगाडी देखिनु भएको छ ।
भारतमा लोक सभा निर्वाचन नजिक आउँदैं गरेको अवस्थामा भारतीय जनता पार्टीको यो नयाँ रणनीति भएको हुनसक्ने अनुमान पनि धेरैंको रहेको छ । पाकिस्तानी सेनाले हिजो दोहोरो आक्रमणको क्रममा भारतीय वायु सेनाका एकजना पाइलट पक्राउ गरेको थियो । आफ्नो पाइलट रिहा गर्न पाकिस्तानलाई भारतले सुरु देखि नैं अनुरोध गर्दै आइरहेको थियो । यो बिचमा आज पाकिस्तानी संसदमा बोल्दैं खानले आफुले शान्ति चाहेको भन्दैं भोली नैं भारतीय पाइलट रिहा गर्ने जनाउनु भएको छ ।
उहाँले भारतमा अहिले निर्वाचन भएका हुनाले वार्ताजस्ता कुराबाट भाग्न खोजेको आरोप लगाउनु भएको छ । झण्डैं २० मिनेट जत्ति बोल्नु भएका उहाँले पाकिस्तान भारतसँग डराएर होईन, भोलिको भविष्यका लागि युद्ध नचाहेको बताउँनुभयो । उहाँले पाकिस्तानी सेना कत्तिसम्म शक्तिशाली छ त्यो आफुहरुले देखाएको र भारतको अवस्था कस्तो छ त्यो पनि देखेको बताउँनुभयो ।
उहाँले सुरुवात देखि नैं शान्तिका पक्षमा वकालत गर्दै आउँनु भएको छ । आफ्ना पाइलट पक्राउ परेपछि भारतमा प्रधानमन्त्री मोदी निर्वाचन प्रचारमा लागेका छन् । अहिले भारतीय जनताको नजरमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान नायक हुनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत पाकिस्तानले युद्ध नगर्ने भन्दैं आफुले मध्यस्तकर्ताको रुपमा काम गर्दै आएको र गर्ने जनाउनु भएको छ ।
पुर्व नोबेल शान्ति पुरस्कार बिजेता युसूफ मलालाले पनि भारत र पाकिस्तान बिचको समाधान वार्ता नैं भएको जनाउँनु भएको छ । पाकिस्तानी प्रधानमन्त्री खानले विश्वमा भएका हरेक युद्धको उदाहारण दिदैं युद्धले कसैंलाई फाइदा नभएको जिकिर गर्नुभएको छ ।
चीनको पछिल्लो उदाहारण दिदैं उहाँले आफुले पनि पाकिस्तानमा भएको गरिबी, अशिक्षा, बेरोजगारीजस्ता कुराहरुमा लडाई गर्दै आएको बताउँनुभएको छ । पाकिस्तानले आफ्नो पाइलटलाई बिना सर्त रिहा गर्ने भए पछि अहिले भारतीय नेता, खेलाडी,कलाकार, सम्पुर्ण जनताले इमरानको यस कदमको खुलेरैं स्वागत गरेका छन् । एजेन्सी
https://m.facebook.com/story.php?story_fbid=2206450272940202&id=143462899029472

About Bihani Post

Check Also

बहराइनबाट आयो डरलाग्दो खबर: १० नेपालीको मृत्यु !! नामावली सहित (पुरा हेरी सक्दो सेयर गरौ)

विदेशमा पैंसाको खानी छ भनेजसरी दैनिक जसो नेपालीहरु विदेश हिडिरहेका छन् तर विदेशबाट फर्किदा कोही …

Leave a Reply

Your email address will not be published. Required fields are marked *