Home / स्वास्थ्य खबर / दाँतको किरा मार्ने अचुक घरेलु उपाय, दाँत सम्बन्धी सम्पूर्ण रोगका निम्ति अति उपयोगी

दाँतको किरा मार्ने अचुक घरेलु उपाय, दाँत सम्बन्धी सम्पूर्ण रोगका निम्ति अति उपयोगी

दाँतमा किरा लाग्ने समस्या जस्लाई पनि हुन सक्छ । जस्को मुख्य कारण दाँतलाई ठिक तरिकाले हेरविचार नगर्नु र सफा नगर्नु हो । दाँतमा किरा लागेपछि धेरै दुखाईको महशुस हुन्छ । जस्लाई सहन गर्नसक्नु असम्भवको कुरा हो ।

यस्तो अवस्थामा दुखाईबाट छुट्कारा पाउनु पतिदिन खाना खानु सरह नै महत्वपूर्ण हुन्छ । किनकी यस्को दुखाई दाँतको जरासँग हुन्छ । जस्को कारणले गर्दा त्यसमा सुनिने समस्या पनि हुन सक्छ । त्यसैले सकेसम्म चाडैं यस समस्याको उपचार गरिनुपर्छ । यस समस्याको उपाय धेरै छन् । तर डाक्टरको सल्लाहअनुसार उपचार गर्नु नै फाईदाजनक हुन्छ । यस्को अतिरिक्त अरु पनि उपायहरु छन् । जस्को मद्धतले तपाइँ यस्ता समस्याबाट छिटै छुट्कारा पाउन सक्नुहुन्छ । यी उपायहरु पुरै सुरक्षित हुन्छ र यस्को कुनै दुष्प्रभाव छैन । यदि तपाइँको दाँत संवेदनशील छ भने यस उपायको प्रयोग कृपया डाक्टरको सल्लाहअनुसार मात्र गर्नुहोस् । दाँतबाट किरा हटाउने घरेलु उपायहरु निम्नअनुसार छन् ।

दाँतबाट किरा हटाउने घरेलु उपाय: यहाँ हामी तपाइँलाई केही घरेलु उपायबारे जानकारी दिन्छौं । जस्ले गर्दा तपाइँको किरा लागेको दाँतमा दुखाई कम हुनुका साथै अन्य दाँतमा यही समस्या हुनुको खतरा पनि कम हुन्छ । किनकी यो समस्या एउटा दाँतबाट अर्को दाँतमा तुरुन्तै फैलिन्छ । जस्को कारणले गर्दा अरु दाँतलाई पनि समस्या गर्छ ।

बेसार र नुन: पिसेको बेसार र नुनलाई तोरीको तेलसँग मिलाउनुहोस् । यस मिश्रणलाई प्रतिदिन २–३ पटक दाँतमा दन्तमन्जनको रुपमा दल्नाले दाँतको किरा मर्दछ ।

प्याज खानाले मर्छ दाँतको ब्याक्टेरिया: प्याजको प्रयोग प्रायजसो दाँतको दुखाई ठिक गर्नको लागि गरिन्छ । तर यसको प्रयोग दाँतको किराको समस्या हटाउन पनि गर्न सकिन्छ । किनकी प्याजलाई दाँतको लागि एउटा राम्रो उपाय मानिन्छ । यस्को प्रयोगले तपाइँको दाँतको दुखाई कम हुन्छ । प्याजलाई एक प्रकारको प्राकृतिक औषधिको रुपमा पनि मानिन्छ ।

जस्मा दाँतको दुखाई निको पार्ने गुण हुन्छ । यदि तपाइँको दाँतमा पनि समस्या छ भने प्याजको प्रयोग गर्नुहोस् । जसबाट तपाइँलाई लाभ मिल्दछ । यस्को लागि प्याजलाई काटेर सानो टुक्रालाई किरा भएको दाँतबाट चपाउनुहोस् । तपाइँले सलादमा प्याजको प्रयोग गरेर पनि दुखाई कम गर्न सक्नुहुन्छ ।

बरको दुध(चोप) किरायुक्त दाँतमा बरको दुध लगाउनाले किरा र दुखाई दुबै हट्दछ । फिटकिरी: फिटकिरीलाई तातो पानीमा घोलेर प्रतिदिन कुल्ला गर्नाले दाँतको किरा र दुर्गन्ध दुबै हट्दछ ।

हिंग: यदि तपाइँको दाँत कुनै कारणले दुखिरहेको छ भने हिंगको प्रयोग गर्नाले आराम मिल्दछ । किनकी हिंगमा भएको तत्वले दुखाई उत्पन्न गर्ने किटाणुलाई समाप्त गर्छ र दुखाईबाट आराम दिलाउँछ । तपाइँ यसको प्रयोग मौसमको रस र कागतीको रसमा हालेर गर्न सक्नुहुन्छ । यसले दाँतलाई औषधिको साथै अम्लीय पदार्थको पनि फाईदा मिल्दछ । यसको लागि दुखेको दाँतमा दुबै पदार्थलाई कपासको मद्धतले लगाउनुहोस् । यसबाट तपाइँलाई दाँतको दुखाईबाट छिटै छुट्कारा मिल्दछ ।

ल्वाङ्ग:

ल्वाङ्गलाई दाँतको दुखाईको लागि सबैभन्दा राम्रो उपाय मानिन्छ । यस्को साथै स्वस्थ रहनको लागि पनि ल्वाङ्गको प्रयोग गरिन्छ । ल्वाङ्गमा विशेष प्रकारको गुण पाईन्छ । जस्ले ब्याक्टेरियालाई समाप्त गर्ने काम गर्दछ । दाँतमा दुखाई ब्याक्टेरियाको कारणले गर्दा हुन्छ । जस्लाई हटाउने काम ल्वाङ्गले गर्दछ । यसको लागि ल्वाङ्गलाई दुखेको दाँतमा राख्नुहोस् । यसबाट विस्तारै दाँतको दुखाई कम हुन्छ । यस प्रक्रियामा थोरै समय लाग्न सक्छ । तर फाईदा धेरै नै हुन्छ

About Bihani Post

Check Also

पसिना गन्हाउने समस्या छ ?त्यसो भय यस्तो छ समाधानको उपाय

चियाका किसिममा हरेक व्यक्तिको आ–आफ्नै रुची हुन्छन्। कसैले दूध राखेको चिया पिउन रुचाउँछन् भने कतिपयले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *