Home / राजनीति खबर / काठमाडाैंमा नेविसंघले बिहानै जलायाे प्रधानमन्त्री ओलीको पुत्ला

काठमाडाैंमा नेविसंघले बिहानै जलायाे प्रधानमन्त्री ओलीको पुत्ला

काठमाडाैं । नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । नेविसंघले आइतबार बिहान काठमाडौंको चाबहिलस्थित पशुपति क्याम्पस अगाडि नाराबाजी गर्दै प्रधानमन्त्री ओलीका पुत्ला दहन गरेका हुन् ।

नेविसंघका अध्यक्ष नैनसिंह महराका अनुसार चिकित्सा शिक्षा विधेयक संसदबाट पास गरेको विरोधमा र सरकारको अधिनायकवादविरुद्ध प्रधानमन्त्री ओलीका पुत्ला दहन गरेका हुन् ।

नेविसंघले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन र वाइडबडी खरिद प्रकरणमा भएको अनियमितताको छानबिन गर्न माग समेत गरेको छ ।

यसैगरी शनिबार प्रधानमन्त्री विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक सभामा भाग लिएर स्वदेश फर्कदै गर्दा नेविसंघका विद्यार्थीहरुले त्रिभुवन विमानस्थलको आन्तरिक उडानको पार्किङमा नाराबाजी गर्दै कालो झण्डा देखाएका थिए ।source:news24

About Bihani Post

Check Also

एकाबिहानै प्रधानमन्त्री ओलीको भावुक सम्बोधन: सुरक्षा निकाय, प्रशासन,अदालत लगायत कसैले मलाई टेरेनन् हेर्नुहोस भिडियो

काठमाडौं : राजपाका नेताहरूसँगको बैठकमा प्रधानमन्त्री केपी ओलीले आफूलाई कसैले पनि नटेरेको दुखेसो पोखेका छन्। …

Leave a Reply

Your email address will not be published. Required fields are marked *