Home / राजनीति खबर / अहिलेको प्रशासनिक संयन्त्रले जनताको अपेक्षाअनुसार काम गरेन : अध्यक्ष प्रचण्ड

अहिलेको प्रशासनिक संयन्त्रले जनताको अपेक्षाअनुसार काम गरेन : अध्यक्ष प्रचण्ड

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको समृद्धिका लागि अभियाननै सञ्चालन गर्नुपर्ने बेला आएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले मुलुकको समृद्धिका लागि अभियान सञ्चालन नगर्ने हो भने ठूलो संघर्षबाट प्राप्त उपलब्धिलाई जनताले बोझको रुपमा लिनुपर्ने अवस्था आउनेतर्फ पनि सचेत गराए ।

आईतबार जनगायक खुशीराम पाख्रिनको स्मृतिमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको अपेक्षाअनुसार काम गर्न विद्यमान प्रशासन संयन्त्रले नसक्ने उल्लेख गर्दै त्यसमा सुधार गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

अध्यक्ष प्रचण्डले फरक प्रसंगमा आगामी शनिबार बस्ने स्थायी समिति बैठकले पार्टीको जिल्ला कमिटी र जनवर्गीय संगठनहरुको एकीकरणको कामलाई टुंगोमा पुर्याउने विश्वास पनि व्यक्त गरे ।

About Bihani Post

Check Also

एकाबिहानै प्रधानमन्त्री ओलीको भावुक सम्बोधन: सुरक्षा निकाय, प्रशासन,अदालत लगायत कसैले मलाई टेरेनन् हेर्नुहोस भिडियो

काठमाडौं : राजपाका नेताहरूसँगको बैठकमा प्रधानमन्त्री केपी ओलीले आफूलाई कसैले पनि नटेरेको दुखेसो पोखेका छन्। …

Leave a Reply

Your email address will not be published. Required fields are marked *