Home / स्वास्थ्य खबर / किन फरक हुन्छन त नर्मल र अपरेशनबाट जन्मेका बच्चा ? यस्ता छन् कारण

किन फरक हुन्छन त नर्मल र अपरेशनबाट जन्मेका बच्चा ? यस्ता छन् कारण

आमाको पेटबाट बाहिर आउने बित्तिकै बच्चाले माहौलसँग लड्न सुरु गर्दछ । बच्चाको जन्मका बेला आमाको योनी वा भजाइनाबाट तरल पदार्थ निस्कन्छ ।

जसमा यस्तो ब्याक्टेरिया हुन्छ, जसले बच्चामा रोगहरुसँग लड्ने क्षमता बढाउँछ । तर जुन बच्चा अपरेशन को माध्यमबाट पेटबाट निकालिन्छ, उनीहरुमा आमाबाट यो क्षमता हासिल हुँदैन ।

त्यसो भए के यस्ता बच्चामा रोगसँग लड्ने शक्ति बढाउनका लागि आमाको योनीबाट यो तरल पदार्थ निकालेर बच्चालाई लेप लगाइदिनु पर्ला ?यद्यपि अहिले भजाइनल सिडिङ्गको चलन निकै बढेको छ। तर यो स्थायी उपाय होइन ।

भजाइनल पिसडिङ्गको उद्देश्य हो बच्चालाई त्यो सबै आवश्यक कुरा उपलव्ध गराउनु, जुन उसले जन्मजात प्राप्त गर्दैन । अर्थात बच्चालाई आमाबाट प्राप्त हुने तमाम राम्रा ब्याक्टेरिया उपलव्ध गराउनु, ताकि बच्चामा रोगसँग लड्ने क्षमता उत्पन्न हुन सकोस् । जन्मने समयमा बच्चा यो ब्याक्टेरियाको सम्पर्कमा रहनु अति जरुरी छ।

यो ब्याक्टेरिया बच्चाका लागि कति जरुरी छ, यो जान्नका लागि बेलायतदेखि क्यानडासम्म धेरै शोध चलिरहेको छ। यस्तै एउटा प्रयोग ब्रिटेनको बर्मिंगम युनिभर्सिटीमा गरियो । प्राकृतिक रुपमा योनीबाट निस्कने यो यो लिक्विड र भजाइनल सिडिङ्गबाट उत्पन्न गरिएको लिक्विडको तुलना गरियो। देखियो कि यो दुईमा धेरै फरक थियो ।

बच्चाको नर्मल डेलिभरीका बेला भजाइनाबाट निस्कने लिक्विडले बच्चामा कम्तीमा पनि एक वर्षसम्म रोगहरुसँग लड्ने शक्ति प्रदान गर्दछ । जबकि अपरेशनबाट जन्मेका बच्चामा यसको कमी रहने गर्दछ ।सामान्य जन्मका बेला नवजात शिशुहरुको किटाणुहरुसँग सामाना त्यतिबेला हुन्छ, जब उ आमाको योनी र आन्द्रामा पाइने ब्याक्टेरियासँग भेट हुन्छ ।

यही सिजेरियन डेलिभरीबाट जन्मेका बच्चाको ब्याक्टेरियासँग पहिलो सामना छालामा पाइने ब्याक्टेरियासँग हुने गर्दछ । यो दुईमा निकै अन्तर हुन्छ । बर्मिघम युनिभर्सिटीका प्रोफेसरपिटर ब्रोकेलहर्स्टका अनुसार अपरेशन बाट जन्मेका बच्चामा स्वास प्रस्वाससम्बन्धी समस्या बढी चाँडै बढ्छ ।

यसका साथै यस्ता बच्चा कुनै पनि प्रकारको एलर्जीको शिकार पनि चाँडै हुने गर्दछन्। यसको कारण यो हो कि यसले ब्याक्टेरियासँग लड्न जुन शक्ति आमाको योनीमा पाइने ब्याक्टेरियाबाट प्राप्त हुन्छ, त्यो पाएको हुँदैन । कुनै पनि शरीरको बुनियादी कोशिकाहरु हुन्छ, र, कोशिकाहरु मिलेर बन्दछ जिनोम अर्थात जीन ।

यदि हामी मानिसको शरीरमा पाइने कोशिकाहरुको ब्याक्टेरिया, भाइरस र सिंगल सेलावाला जीवन आर्कियामा नबाँड्ने हो भने तब नतिजा आश्चर्यमा पार्ने खालको हुन सक्छ । कुनै पनि मानिसको शरीरमा मौजुद कुल कोशिकाहरुमा मात्र ४३ प्रतिशत मात्रै मानिस को आफ्नो सेल्स हुन्छ । बाँकी सेल्स वा कोशिकाहरु यस्तै एक कोशिकावाला जीवहरुको हुन्छ ।

यसम ाझ्याउदेखि ब्याक्टेरिया, भाइरस र आर्किया कोशिकाहरु समावेश छन्। मानिसको कुनै पनि कोशिकाहरुमा २० हजार जति जीनोम हुन्छ, जसबाट कुनै पनि मानिसको बनावट तय हुन्छ ।

यदि हामीले मानिसको शरीरमा पाइने ब्याक्टेरियाबिनाको जीनोमलाई जोड्ने हो भने तब हाम्रो शरीरमा करिब दुई करोड ससाना जीवहरुको जीन हुन्छ। यो कुनै पनि मानिसको दोस्रो जीनोम अर्थात बायोडाटा भनिन्छ । यसैबाट हाम्रो रोग जस्तै एलर्जी, मोटोपन, डिप्रेशन वा भूल्ने बानी र यहाँसम्म कि रोगमा औषधिको कति असर हुनेछ, यो पनि तय हुन्छ ।

मानिसको रोगसँग लड्ने शक्ति र किटाणुको पहिलो आमनासामना निकै महत्वपूर्ण हुन्छ । जब बच्चा आफ्नो आमाको योनीबाट बाहिर रहेको हुन्छ, तब पहिलोपटक उसको सामना आमाको योनी र खाने नलीको बाटोमा पाइने ब्याक्टेरियासँग हुन्छ ।

तब उसको रोगसँग लड्ने क्षमताको पहिलो परीक्षा हुन्छ । यो नयाँ जीव र किटाणुहरुबीच हुने पहिलो टकराव मात्र होइन, बरु यो दुवैबीचको संघर्ष को गहिरो सम्बन्धको चिनो हो । युनिभर्सिटी कलेज लण्डनका प्रोफेसर ग्राहम रुक भन्छन् कि यो माइक्रोबायोम बच्चाका लागि यसप्रकारको महत्वपूर्ण छ, किनभने यो बच्चाको शरीरलाई यो कुरा सिकाउने गर्दछ कि रोगहरुले आक्रमण गर्दा त्यसबाट कसरी बचाउ गर्नुपर्नेछ ।
माइक्रोब्स अर्थात कि टाणु र भाइरस आदि, कयौ प्रकारका केमिकल छोड्दछ, जुन हाम्रो इम्युन सिस्टम अर्थात रोगसँग लड्ने शक्तिलाई सिंगो जीवनभरका लागि बलियो बनाउने गर्दछ । बच्चामा जन्म भएको पहिलो हप्ता वा महिनासम्म इम्युन सिस्टम तिब्रताका साथ बलियो हुन्छ ।

यदि यो समयमा बच्चालाई एन्टीबायोटिक बढी दिइयो भने तब त्यो माइक्रोबायोडाटालाई आफ्नो काममा अवरोध पुराउन सक्दछ, परिणामतः बच्चाको इम्युन सिस्टम कमजोर रहन्छ ।त्यस्ता बच्चालाई रोगहरुले चाँडै समात्छ, त्यसैले बच्चालाई तन्दरुस्त राख्नका लागि नै आजभोलि भजाइनल सिडिङ्गको चलन बढिरहेको छ।

बच्चाको इम्युन सिस्टम कति बलियो हुनेछ, यो यही कुरामा पनि निर्भर गर्दछ कि जन्मपछि बच्चालाई कसरी घरमा राख्ने गरिन्छ ।अध्ययनबाट सावित भएको छ कि जुन घरमा कुकुर पालिएको छ, त्यहाँ बच्चाहरुलाई स्वास फेर्न कम सकस हुन्छ ।

तर्क छ कि पाल्तु कुकुर घर बाहिर जान्छन् र आफ्नो खुट्टामा विभिन्न प्रकारका माटो ल्याउँछन्। यही माटो भरिएको खुट्टाका साथ कुकुर घरमा घुम्छ । यो माटोमा कयौ प्रकारका किटाणु, भाइरस र आर्किया हुन्छन् । यसले बच्चामा रोगसँग लड्ने क्षमतालाई बलियो बनाउने गर्दछ ।

राम्रो ब्याक्टेरियाको दुई किसिम आमरुपमा पाइन्छ । एउटा हो ओसिलोस्पिरा, जसको सम्बन्ध इम्युन सिस्टमको बलियोपनसँग छ । अर्को राम्रो ब्याक्टेरियाको नाम हो रुमिनोकोकस, जसले बच्चालाई कुनै प्रकारको एलर्जीसँग लड्ने शक्ति प्रदान गर्दछ ।

जब आमा ले बच्चालाई दुध खुवाउँछिन् त्यतिबेला पनि धेरै प्रकारका ब्याक्टेरिया आमाबाट बच्चामा जान्छ । यसका लागि करिब ८० हजार बच्चाको दिसा परीक्षण गरिँदैछ ।

बेबी बायोम स्टडीको माध्यमबाट अध्ययनकर्ताहरु यो पत्ता लगाउने कोशिस गरिरहेका छन् कि कुन चाँहि किटाणु शरीरमा सबैभन्दा पहिला जोडिन्छ । र, समय बित्ने क्रममा त्यसको के काम रहन्छ ।

अध्ययनकर्ताहरुका अनुसार बाइफिडोब्याक्टेरिया बच्चामा सबैभन्दा पहिला सफल हुन्छ । यो बच्चाको शरीरमा पहिलो दिनमै प्रवेश गर्दछ । मानिन्छ कि यो ब्याक्टे रिया आमाको दुधको चीन खान्छ । यो ब्याक्टेरिया आमाबाटै बच्चामा प्रवेश हुन्छ


संसारभरबाट जुन ८० हजार बच्चाको दिसा संकलन गरिँदैछ, त्यो क्याम्ब्रिजका वेलकम सैंगर इन्स्टिच्युटमा अध्ययन गरिनेछ । यसको ल्याबमा काम गर्ने वैज्ञानिक डाक्टरलाले यो पत्ता लगाउने कोशिसमा छन् कि नवजात शिशुमा कति प्रकारका ब्याक्टेरियाले आफ्नो घर बनाउँछन् ।

र, भविष्यमा जीवनमा यसको के असर हुन्छ ।फेरि ल्याबमा यस्ता ब्याक्टेरिया तयार गरेर सिजेरियनबाट जन्मने बच्चाको शरीरमा हालिनेछ, ताकि रोगसँग लड्ने शक्ति हासिल गर्न सकुन् ।

यद्यपि नयाँ प्रकारको प्रविधिको सहयोगमा आमाबाट बच्चालाई प्राप्त किटाणु आर्टिफिशियल तरिकाबाट बच्चालाई दिन सकिन्छ । जुन बच्चाका लागि जरुरी छ।

तर, यसका साथै रोगवाला किटानु पनि शरीरमा प्रवेश हुने खतरा कायमै रहन्छ । त्यसैले, अझै यो अध्ययनलाई दुई धारयुक्त तलवार नै भन्न सकिन्छ । जुन लाभदायीपनि हुन सक्छ र हानिकारक पनि ।

About Bihani Post

Check Also

पसिना गन्हाउने समस्या छ ?त्यसो भय यस्तो छ समाधानको उपाय

चियाका किसिममा हरेक व्यक्तिको आ–आफ्नै रुची हुन्छन्। कसैले दूध राखेको चिया पिउन रुचाउँछन् भने कतिपयले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *