Home / खेलकुद खबर / कतारले विश्वकप आयोजनास्थल सुरक्षाका लागि सहयोग मागेपछि नेपाल प्रहरीले पा-यो स्पष्ट

कतारले विश्वकप आयोजनास्थल सुरक्षाका लागि सहयोग मागेपछि नेपाल प्रहरीले पा-यो स्पष्ट

सन् २०२२ को फिफा विश्वकप फुटबल आयोजक कतारले विश्वकप आयोजनास्थल सुरक्षाका लागि नेपाल प्रहरीसँग सहयोग मागेको चर्चा चल्दै आएको छ । नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कतार भ्रमणका क्रममा विश्वकप आयोजक कतारले नेपाल प्रहरीसँग आयोजनास्थलको सुरक्षाका लागि ठुलो संख्यामा सहयोग माग गरेको समाचार आएको थियो । तर, यो सत्य नभएको प्रहरीले स्पष्ट पारेको छ ।

नेपाल प्रहरीकाअनुसार कतारले विश्वकप आयोजनास्थलको सुरक्षाका लागि कुनै सहयोग मागेको छैन तर, कतारले आयोजनास्थलको सुरक्षाका लागि नभई टेक्निकल र मेडिकल सर्पोटका लागि भने सहयोग माग गरेको प्रहरीले जनाएको छ । सन् २०२२ मा हुने विश्वकप फुटबलको सुरक्षाका लागि कतारले विभिन्न मुलुकसँग सुरक्षा पर्यवेक्षक र प्राविधिक तथा मेडिकल सर्पोटका लागि न्यून संख्यामा सुरक्षाकर्मी माग गरेको छ खेल आयोजना हुने रंगशाला तथा खेलाडीको सुरक्षाका लागि कुनै मुलुकसँग सम्झौता नगरेको कतार फुटबल एसोसिएसनले पनि यसअघि नै बताईसकेको छ

About Bihani Post

Check Also

एएफसी यु–१९ फुटबल च्याम्पियनसिपमा भारत माथि नेपालको २-० को जित दर्ता

यु–१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपाल विजयी भएको छ आज भएको खेलमा भारतलाई पराजित गर्दै नेपाल …

Leave a Reply

Your email address will not be published. Required fields are marked *