Home / खेलकुद खबर / मैदानमै आइसिसी आचार संहिता विपरित आपत्तिजनक काम गरेपछि स्टार क्रिकेटर सन्दीप लामिछाने सहित ३ खेलाडी कारवाहीमा

मैदानमै आइसिसी आचार संहिता विपरित आपत्तिजनक काम गरेपछि स्टार क्रिकेटर सन्दीप लामिछाने सहित ३ खेलाडी कारवाहीमा

आइपिएल खेलेर फर्किएपछि नेपाली क्रिकेटमा अन्य खेलाडीको भन्दा छुट्टै छवि बनाएका स्टार क्रिकेटर सन्दीप लामिछानेमाथि अनुशासन उल्लंघन गरेको आरोपमा कारबाही भएको छ । पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटमा शनिबार सम्पन्न खेलमा सन्दीपसहित चारजना खेलाडी माथि कारबाही भएको हो ।

प्रतियोगितामा खेल भावना विपरित व्यवहार देखाएको आरोपमा विराटनगर टाइटन्सका कप्तान लामिछाने सहित चारजना खेलाडी कारबाहीमा परेका हुन् शनिबार पोखरा रंगशालामा भएको खेलमा सन्दीपले अम्पयरसँग नो बलको वि‍षयमा विवाद गरेका थिए । घटना आइसिसी आचार संहिता विपरित भएको भन्दै सन्दीप कारबाहीमा परेका हुन् । सन्दीपको एक अंक घटाइएको छ

खेलमा विराटनगरका किशोर महतोको बललाई अम्पायरले नो बल दिएपछि सन्दीपले विवाद गरेका थिए। सन्दीपसँगै विवादमा उत्रिएका बलर किशोर महतो पनि कारबाहीमा परेका छन् । उनको पनि एक अंक घटाइएको छ सोहि खेलमा अम्पायरसँग विवाद गरेका चितवनका खेलाडी सनी पटेल पनि कारबाहीमा परेका छन् यस्तै खेलमा अभद्र व्यवहार गरेको आरोपमा हुलास काठमाडौँ रोयल्सका अमनरसिंह रटेउला पनि कारबाहीमा परेका छन् । देश संचार

About Bihani Post

Check Also

एएफसी यु–१९ फुटबल च्याम्पियनसिपमा भारत माथि नेपालको २-० को जित दर्ता

यु–१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपाल विजयी भएको छ आज भएको खेलमा भारतलाई पराजित गर्दै नेपाल …

Leave a Reply

Your email address will not be published. Required fields are marked *