Wednesday , June 19 2019
Breaking News

कोरियन भाषा परीक्षाः ४५ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं– शनिबारदेखि सुरु भएको कोरियन भाषा परीक्षा केन्द्रबाट ४५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । राजधानीका विभिन्न २१ परीक्षा केन्द्रबाट उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुले अर्कैको नाममा परीक्षा दिएको फेला परेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । यसबाहेक परीक्षा शान्तिपूर्ण रुपमा शनिबारको परीक्षा सम्पन्न भएको बोगटीले जानकारी दिए ।

परीक्षा आइतबार पनि हुनेछ ।

परीक्षाका लागि काठमाडौंमा २१, ललितपुरमा ७ र पोखरामा ४ गरी ३२ वटा परीक्षा केन्द्र तोकिएको छ ।

Loading...

दशौं कोरियन भाषा परीक्षाका लागि ९२ हजार ३ सय ५६ जनाले आवेदन दिएका थिए ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष कोरिया भाषा परीक्षा दिने परीक्षार्थीको संख्या १० हजार भन्दा धेरैले बढेको हो । अघिल्लो वर्ष ८२ हजार ३ सय ३५ जनाले परीक्षा दिएका थिए ।

परीक्षा बिहान १० देखि १०ः५० सम्म र दिउँसो १ः३० देखि २ः२० बजेसम्म सञ्चालन भएको जनाइएको छ ।

Loading...

Check Also

बलात्कारी,चोरी,जड्या देखि अन्य भयानक अघोर बाबालाई आरोप लागेपछि छिमेकीहरु बाबाकै पक्षमा सडकमा!मिडियाको मास्टरप्लान असफल

FacebookPinterestTwitterLinkedinअघोर बाबालाई बलात्कारीको आरोप लागेपछि सारा छिमेकी सडकमा आएका छन।उनीमाथि लागेको आरोप झुटो भएको प्रमाणित …