Wednesday , June 19 2019
Breaking News

ओलीले दिए दिल्लीबाटै‘आलोपालो सरकार’बारे प्रचण्डलाई जवाफ

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो सरकार चलाउने विषय उठान गरेपछि प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले दिल्लीबाटै जवाफ दिएका छन् । बिहीबार नरेन्द्र मोदीको शपथ ग्रहणमा पुगेका प्रधानमन्त्रीले आलोपालो सरकार चलाउने पसरानै सहमति भएको प्रष्ट पारेका छन् ।

भारतकानवनिर्वाचित प्रधानमन्त्री मोदीको सपथग्रहणका क्रममा दिल्लीमा रहेका प्रधानमन्त्री ओलीले शुक्रबार यो कुरा नयाँ नभएको र पहिले नै सार्वजनिक भएको विषय भएको बताए । उनले अनावश्यक कुरा उचाल्ने नेपालीको चरित्र नै यस्तो भएको बताए ।

नेकपाका अध्यक्ष प्रचण्डले एक टेलभिजिनसँगको अन्तर्वार्तामा एक वर्षअघि पार्टी एकीकरणका क्रममा भएको आलोपालो सरकार चलाउने सहमतकिो प्रसंग उप्काउँदै त्यसबाट दायाँबायाँ गरे कोही नटिक्ने बताएका थिए । साथै प्रधानमन्त्री अेालीले प्रचण्डले केही वर्षपि अाफू नै प्रधानमन्त्री बन्ने बताएकाे विषयमा ठट्टा गर्दै केही वर्ष हैन ४/५ दिन मात्रै बाँकी रहेकाे बताए ।

Loading...
Loading...

Check Also

‘हिरोहरू’ छुटाउन एक भए स्थानीय, रामपुरमा ‘धुर्मुस–सुन्तली’ र रेणुको मिटर डाउन

FacebookPinterestTwitterLinkedinभरतपुर । सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को तल्लोस्तरको गालीगलौज र अपमान सहेर बसेका …