Wednesday , June 19 2019
Breaking News

भोक मेटाउन माटो खाएका एक बालक र एक बालिकाको मृत्यु

एजेन्सी – आन्द्र प्रदेशको अनन्तपुर जिल्लामा भोकमरी र कुपोषणका कारण एक बालक र एक बालिकाको मृत्यु भएको छ । दैनिक ज्याला मजदुरी गर्दै आएका एक दम्पतीले छोडेर बेसाहारा भएका ३ वर्षीय सन्तोष र उनकी २ वर्षीया बहिनी वेन्नेलाको मृत्यु भएको हो ।
रिपोर्टको अनुसार सानीआमा नागमणिसँग कादीरी मन्डल भन्ने ठाउँको कुमारवन्दलपल्ले गाउँमा बस्दै आएकी बालिका वेन्नेलाको आइतबार मृत्यु भएको थियो । मृतक बालबालिकाका आमाबाबु करिब दश वर्ष पहिले कर्नाटक चिकबल्लापुर जिल्लाबाट मजदुरी गर्नको लागि कादिरी आएका थिए । तर उनीहरु आफ्ना सन्तानलाई छोडेर कहाँ गए कसैलाई थाहा छैन ।

लगभग ६ महिना पहिले मात्रै ३ वर्षका छोरा सन्तोष भोकमरीको कारण मृत्यु भएको थियो । पुलिसका अनुसार उनीहरुका दुईवटै बच्चाले भोक सहन नसकेर माटो खाएका थिए । यस घटनाको जानकारी छिमेकीले गामीण एसआई वेन्कटस्वामीको दिएका थिए ।

Loading...

कादिरीका ग्रामीणका इन्सपेक्टरका अनुसार उक्त परिवारको बस्नको लागि घर छैन । उनीहरु पालमा बस्दै आएका छन् । ६ महिना पहिले मृत्यु भएका सन्तोषको शव झुपडी नजिकै गाडिएको थियो ।

Loading...

Check Also

पुरूष साँसदले एक महिला साँसदलाई थप्पड हानेपछि यस्तो हँगामा ( भिडियो सहित)

FacebookPinterestTwitterLinkedinकेन्यामा एक सांसदले आफ्नी महिला साथी सांसदलाई थप्पड हानेपछि पक्राउ गरिएको छ । थप्पड हान्ने …