Wednesday , June 19 2019
Breaking News

पाल्पामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, बेहुला बेहुलीले हाम फालेर ज्यान जोगाए

पाल्पाको निस्दी गाउँपालिकामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। निस्दी गाउँपालिकाकै वडा नम्बर ४ मित्याल भीरपानीबाट ज्यामिरेको हुवास जाँदै गर्दा लु १ ज १९४१ नम्बरको जीप भीरबाट खसेको हो ।
मृत्यु हुनेमा निस्दी ७ का ४५ बर्षिय खड्ग बहादुर सोमै, सोही स्थानका ५५ बर्षिय देवीलाल खन्गाह, ४५ बर्षिय लाल बहादुर सारु, ५७ बर्षिय सन्त बहादुर सारु र चालक वुद्धिवल सोती रहेको ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक भुपाल सिंह रानाले बताए।
जिप अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। जिप अनियन्त्रित हुन थालेपछि जिपमा रहेका अन्य जन्तीहरु हाम फालेको प्रहरीले जनाएको छ।
जिपमा सवार बेहुलाबेहुली पनि हाम फालेर बाँचेको प्रहरीले जनाएको छ। थप उद्धार तथा अनुसन्धानको लागि तानसेनबाट प्रहरी टोली घटनास्थल तर्फ गएको छ।

Loading...

Check Also

गार्डलाई फसाउन यी मोडलले आफ्नो लुगा आफै खोलिन्, धन्न सिसीटिभीमा सबै कैद भयो (भिडियो हेर्नुस)

FacebookPinterestTwitterLinkedinभारत : नशाको तालमा पुलिसकै अगाडि कपडा खोलेर हंगामा गर्ने मोडल मेघा शर्माको भिडियो सार्वजनिक …