Wednesday , June 19 2019
Breaking News

२०७५ साल फाल्गुन २५ गते शनिबारको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल”

ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग श्रीसूर्य उत्तरायण,शिशिरर्तुः,विरोधकृत् नाम संवत्सर,शाके १९४०,विक्रमसम्वत २०७५ साल फाल्गुन २५ शनिबार नेपाल सम्बत ११३९ चिल्लाथ्व,सन् २०१९ मार्च ९ तारिक शुक्लपक्ष तृतीया तिथि राती १ वजेर १३ मिनेटसम्म,रेवती नक्षत्र राती ११ वजेर ५१ मिनेटसम्म,शुक्लयोग,तैतिलकरण,आनन्दादियोग धाता,सूर्य कुम्भ राशीमा,चन्द्रमा राती ११ वजेर ५१ मिनेटसम्म मीन उप्रान्त मेष राशीमा ।मुहूर्त,वारवेला र राशी ॐःराहुकालः–अशुभ विहान ९÷१८ वजेबाट १०÷४६ वजेसम्म रहनेछ ।

अशुभ यमघण्टायोगः–अपरान्ह १÷४३ वजेबाट ३÷११ वजेसम्म रहनेछ । गुली कालः–सामान्य विहान ६÷२२ वजेबाट ७÷५० वजेसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ विहान ७÷५६ वजेबाट ८÷४३ वजेसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷५१ वजेबाट मध्यान्ह १२÷३८ वजेसम्म रहनेछ ।ॐःसूर्योदयबाट प्रातः ७÷५१ वजेसम्म काल वेला,७÷५१ वजेबाट ९÷१९ वजेसम्म शुभ वेला,९÷१९ वजेबाट १०÷४७ वजेसम्म रोग वेला,१०÷४७ वजेबाट १२÷१५ वजेसम्म उद्वेग वेला,१२÷१५ वजेबाट १÷४३ वजेसम्म चर वेला,१÷४३ वजेबाट ३÷११ वजेसम्म लाभ वेला,३÷११ वजेबाट ४÷४० वजेसम्म अमृत वेला र ४÷४० वजेबाट सूर्यास्तसम्म काल वेला रहनेछ ।ॐःसूर्यास्तबाट ७÷३९ वजेसम्म लाभ वेला,७÷३९ वजेबाट ९÷११ वजेसम्म उद्वेग वेला,९÷११ वजेबाट १०÷४३ वजेसम्म शुभ वेला,१०÷४३ वजेबाट १२÷१५ वजेसम्म अमृत वेला,१२÷१५ वजेबाट १÷४७ वजेसम्म चर वेला,१÷४७ वजेबाट ३÷१९ वजेसम्म रोग वेला,३÷१९ वजेबाट ४÷५० वजेसम्म काल र ४÷५० वजेबाट सूर्योदयसम्म लाभ वेला रहनेछ ।“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”।

मेष

Loading...

मेषः– आज पनि समयले साथ दिने देखिन्न । समयमा काम गर्न सकिने छैन । वाहिरी काममा धेरै समय खर्च हुनेछ । यात्रा कष्टपूर्ण हुनेछ । व्यापार व्यवसायबाट सोचे जस्तो मुनाफा लिन सकिने छैन । खर्च बढ्नेछ ।
बृष

वृषः– दिनको अधिकाँश समय अनुकुल देखिन्छ । आम्दानीका स्रोत फेला पर्ने छन् । व्यापार व्यवासयबाट आम्दानी हुनेछ । समयको सदुपयोग गर्नु होला । बाह्य सम्बन्धमा सुधार आउनेछ । यात्रा हुनेछ ।
मिथुन

मिथुनः– गरेका काम सरल तरिकाले बन्ने छन् । प्रशंसनिय काम हुनेछन् । काम गर्ने जोश जागर घट्ने छैन । बोलिको प्रभाव कम पर्नेछ । व्यवसायिक गतिविधि अगाडि बढ्ने छन् । ज्ञान बढ्नेछ ।
कर्कट

कर्कटः– समयमा विस्तारै सुधार आउनेछ । काममा देखिएका समस्या कम भएर जानेछन् । धार्मिक कार्यमा अभिरुची बढ्नेछ । काम प्रतिको चासो बढ्नेछ । अपरान्हबाट समयले बढि साथ दिनेछ ।
सिंह

सिंहः– गलत व्यक्तिको संगले पोल्ने छ । अनावस्यक काम बढि हुनेछन् । व्यापार व्यवसायमा अझै सुधार देखिन्न । स्वास्थ्य कामजोर हुनेछ । पारिवारिक सन्तुष्टि कम मिल्नेछ । परभावको सम्भावना देखिन्छ ।
कन्या

कन्याः– समयमा नै कामको टुङ्गो लगाउनु होला नत्र पछि पश्चताप हुनेछ । ढिला सुस्ति गर्दा आफेैलाई घाटा हुनेछ । नयाँ जीवन प्रवेशको सम्भावना देखिन्छ । व्यापारबाट आय आर्जन बढ्नेछ ।
तुला

तुलाः– विरोधी आफै कमजोर हुदै जानेछन् । गोपनियता अप्नाई काम गर्नु होला । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्ने छन् । पारिवारिक सहयोगमा वृद्धि हुनेछ ।
बृश्चिक

वृश्चिकः– कार्य योजना बनाएर अगाडि बढ्नु होला । संघर्षबाट सफलताका सिढि चढ्न सजिलो हुनेछ । अरुको भर विश्वासमा परेर काम नगर्नु होला । घरमा भन्दा घर बाहिर सजिलो हुनेछ ।
धनु

धनुः– घर व्यवहार कसरी चलाउने भन्ने चिन्ता बढ्नेछ । आम्दानीबाट विमुख हुने अवस्था आउन सक्छ । खर्च नियन्त्रण गर्न गाह्रो हुनेछ । आलस्यता बढ्नेछ । पढाईमा ध्यान कम जानेछ । सहयोग गर्ने कोहि हुने छैनन ।
मकर

मकरः– कर्म अनुसारको फल मिल्नेछ । व्यापारबाट सामान्य आम्दानी हुनेछ । साना तिना काम गर्न लाई कुनै कठिनाई हुने छैन । काममा ढिला सुस्ति नगर्नु होला । जीवन साथीको सहयोग लिएर काम गर्दा बढि उपलब्धि हात लाग्नेछ ।
कुम्भ

कुम्भः– समयमा विस्तारै सुधार आउनेछ । बातावरण मिलाएर काम गर्नु होला । हरेक काम गर्दा विचार पु¥याउनु होला साना गल्तिले ठुलो क्षति हुनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । राजनीति चासो बढ्नेछ ।
मीन

मिनः– समयको सदुपयोग गर्नु होला ढिला गर्दा उपलब्धि कम हात लाग्नेछ । काम गर्ने उत्साहा घट्ने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । मित्रहरु सँग भेटघाट हुनेछ । मान्यजनबाट उपदेश मिल्नेछ ।

Loading...

Check Also

आजको राशिफल , वि.सं. २०७६ असार २ गतेको राशिफल

FacebookPinterestTwitterLinkedinआज श्री शाके १९४१ बि.स. २०७६ साल असार २ गते सोमबार इश्वी सन् २०१९ जुन …